Advertisement

अवैध लागूऔषध सहित पक्राउ

0 450

Advertisement

०३ चैत, काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय ९५ एम्पुल, नुफिन ५ सय एम्पुल र फेनारगन २ सय ९५ एम्पुल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी मौहावा-६ बस्ने १९ वर्षीय पप्पु कुमार यादब र सोही ठाउँ बेलाजितपुर-१५ बस्ने २६ वर्षीय सुवास कुमार यादब रहेका छन् । बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूले लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर लागूऔषध (नियन्त्रण) ऐन,२०३३ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

साथै मोरङ, बुढिगंगा गाउँपालिका-४ पोठियास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब आधा किलो सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-४ बस्ने २१ वर्षीय मो. साबिर मिया र धनुषा जनकपुर देब्राउरैठा बस्ने १९ वर्षीय पिगनेश झा रहेका छन् । ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१६ चालिस किलोस्थित सडकबाट नियन्त्रित लागूऔषध नुफ्रिन ९७ एम्पुल, डाइजेपाम ९७ एम्पुल र फेनारगन ९७ एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-२७ बस्ने ३१ वर्षीय बिनोद चौधरी र सोही महानगरपालिका-१७ बस्ने ३३ वर्षीय बिजय लामा रहेका छन् । ग.१ ख ९६१६ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)बाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.