Advertisement

९३औं ओस्कर संस्करणका लागि मनोनीतहरुको सूची सार्वजनिक

0 897

Advertisement

०३ चैत, लस एन्जलस । एकेडेमी अवार्ड (ओस्कर) को ९३औं संस्करणका लागि मनोनीतहरुको सूची सार्वजनिक गरिएको छ ।

सोमबार बिहान जोनस दम्पत्ती प्रियंका चोपडा र निक जोनसले भर्चुअल रुपमा मनोनीतहरुको नाम घोषणा गरेका हुन् ।
यस वर्षको ओस्कर नोमिनेसनमा महिलाहरुको वर्चस्व रह्‌यो । यस वर्ष ७० महिला जम्मा ७६ विधाको नोमिनेसनमा पर्न सफल भए ।

यो वर्ष एमराल्ड फेनेल र क्लो झाओ निर्देशन विधामा मनोनीतमा परेका छन् । एकै वर्ष यस विधामा दुई महिला मनोनयनमा परेको पहिलोपटक हो । यस विधामा मनोनयनमा पर्न सफल झाओ प्रथम अस्वेत महिला निर्देशक हुन् ।

चलचित्र ‘म्यांक’ १० विधामा मनोनयनमा परेर सबैभन्दा धेरै मनोनयनमा पर्न सफल बनेको छ । यस्तै चलचित्र ‘मिनारी’, ‘द फादर’, ‘जुडस एन्ड द ब्ल्याक’, ‘नोम्याडल्यान्ड’, ‘साउन्ड अफ मेटल’, ‘द ट्रायल अफ सिकागो सेभेन’ ६ विधामा मनोनयनमा पर्न सफल बने ।

यस्तै अभिनेत्री प्रियंका चोपडाको चलचित्र ‘द ह्वाइट टाइगर’ बाँकी चार चलचित्रसहित ‘एडप्टेड स्क्रिनप्ले’ विधामा मनोनयनमा परेको छ ।

अन्तर्राष्ट्रिय फिचर फिल्मको सूचीमा डेनमार्क, हङकङ, रोमानिया, टुयुनिसिया र बोस्निया एन्ड हेर्जगोभिनाका चलचित्रहरु क्रमश ‘ऐन्दर राउन्ड’, ‘बेटर डेज’, ‘कलेक्टिभ’, ‘द म्यान हु सोल्ड हिज स्किन’ र ‘क्वो वाडिस आइडा’ पर्न सफल बने ।
चलचित्र ‘मुलान’ कस्ट्युम डिजाइन विधामा र चलचित्र ‘टेनेट’ प्रोडक्सन डिजाइन विधामा परेका छन् ।

कोरोनाका कारण ढिला भएको यस ९३औं ओस्कर अवार्ड अप्रिल २५ (आइतबार) एबीसीबाट प्रसारण हुँदै छ ।

एजेन्सी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.