Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

थपिए ११४ संक्रमित, ९१५ जना आइसोलेसनमा

0 285

०३ चैत, काठमाडाैं । पछिल्लो चौबीस घण्टामा ११४ जना कोभिड-१९ संक्रमित थपिएका छन् । विगत चौबीस घण्टामा दुई हजार ७९० जनाको पीसीआर परीक्षण गरिएकामा ११४ जनाको नतिजा पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ । त्यस्तै चौबीस घण्टामा ९४ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ४९५ जना पुगेको छ । हाल क्वारेन्टिनमा ५१ जना छन् भने आइसोलेसनमा ९१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा मृत्यु हुनेको संख्या भने शून्य छ, यसअघि शनिबारसम्म नेपालमा कोभिड १९ का कारण तीन हजार १४ जनाको मृत्यु भएको थियो ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.