Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

लिभरपुलद्वारा प्रिमियर लिगमा वल्भस पराजित

0 247

०३ चैत, एजेन्सी । गएराति भएको प्रिमियर लिगमा लिभरपुल विजयीभएको छ । हिजो भएको खेलमा लिभरपुलले वल्भसलाई पराजित गरेको हो ।

वल्भ्सको मैदानमा भएको खेलमा लिभरपुलले १-० को कठिन जित हात पारेको हो ।

वल्भ्सका पूर्वखेलाडी जोटाले पहिलो हाफको इन्जुरी टाइममा साडियो मानेको पासमा गोल गरेका थिए । त्यही गोल लिभरपुललाई ३ अंक दिलाउन पर्याप्त बनेको हो ।

Subscribe to our newsletter

जितपछि २९ खेलबाट ४६ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा उक्लेको छ । एभरटन समान अंक भए पनि गोलअन्तरमा लिभरपुल अघि रहेको हो ।

यस सिजन खराब प्रदर्शन गरिरहेको लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले पछि छ ।

वल्भ्स २९ खेलबाट ३५ अंकसहित १३औं स्थानमा छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.