Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

0 415

०३ चैत, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बस्ने तार्केश्वर नगरपालिका-३ जितपुर फेदी घर भएका ५७ वर्षीय विजय कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।


उच्च अदालत पाटनको २०७७ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र विगो बमोजिम ९ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं काभ्रेस्थलीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


विजय कुमारले २०७७ असार १५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड, शाखा कार्यालय गोंगबुमा रहेको उनकै खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा विगो बमोजिम उक्त रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

Subscribe to our newsletter


उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.