Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भारोत्तोलन प्रतियोगितमा नेपाल प्रहरीलाई १८ पदक

0 379


०३ चैत, काठमाडौं । भारोत्तोलन संघ सप्तरीको आयोजनामा सञ्चालन भएको स्व. देव सुन्दर यादव राष्ट्रिय महिला तथा पुरुष खुल्ला भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका भारोत्तोलन खेलाडीहरुले १४ स्वर्ण र ४ रजत गरी जम्मा १८ पदक हासिल गरेका छन् ।

उक्त प्रतियोगितामा महिलातर्फ ४५ केजी वजन समूहमा हिरामोती थारु, ४९ केजी वजन समूहमा संगिता राई, ५५ केजी वजन समूहमा टिकामाया गुरुङ तथा देवी कुमारी चौधरी, ७१ केजी वजन समूहमा जुनुमाया छन्त्याल, ७६ केजी वजन समूहमा पुजा कुमाल, ८१ केजी वजन समूहमा जानकी बुढा तथा विधा राई, ८७ केजी वजन समूहमा तारादेवी पुन र ८७ प्लस केजी वजन समूहमा सुधा थापाले स्वर्ण पदक प्राप्त गर्ने सफल भएका छन् ।

यसैगरी पुरुषतर्फ ६७ केजी वजन समूहमा प्रकाश केसी, ८१ केजी वजन समूहमा विकास थापा, ९६ केजी वजन समूहमा विशाल सिंह बिष्ट, १०२ केजी वजन समूहमा सागर भण्डारी र १०९ केजी वजन समूहमा राजिव महर्जनले स्वर्ण पदक तथा ५५ केजी वजन समूहमा गणेश रानाभाट तथा लालबाबु पासवान र ६१ केजी वजन समूहमा मुई लामाले रजत पदक प्राप्त गर्ने सफल भएका छन् ।

Subscribe to our newsletter


गत फागुन २९ देखि यही चैत १ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा महिला तथा पुरुष टिम ईभेन्टमा नेपाल प्रहरीका भारोत्तोलन खेलाडीहरु प्रथम समेत भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.