Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

गाेकर्णेश्वर नगरपालिकाले विकाश निर्माणको लयमा तिब्रता

0 1,270

०३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका सँगै जेडिएको नगरपालिका मध्ये एक हाे गाेकर्णेश्वर नगरपालिका । काठमाडौं जिल्लामा कूल ११ स्थानीय तहमध्ये १ वटा महानगरपालिका र १० वटा नगरपालिका छन् । त्यही १० नगरपालिका मध्ये गाेकर्णेश्वर नगरपालिका एक हो । हाल गाेकर्णेश्वर नगरपालिकाले विकाश निर्माणमा निकै तिब्रता ल्याएकाे छ।

गाेकर्णेश्वर नगरपालिकाका मेयर सन्ताेष चालिसे

देश र जनताको सेवा गर्नको निम्ति झण्डा बोकेर आज नेपालको स्थानीय तहको निर्वाचनमा उमेदवारी दिई अत्याधिक मतले मेयर पदमा विजयी भएका मेयर सन्ताेष लोकप्रिय नेता हुन् । चालिसेले विद्यार्थी जीवन देखीनै राजनीतिक यात्राको बाटो समातेका हुन् । नेपालको स्थानिय तहको चुनावमा नगरपालिकाको लाेक प्रिय मेयर हुने पहिलो व्यक्ति हुन् । उनी प्रदेश नम्बर ३ अन्तर्गत गाेकर्णेश्वर नगरपालिकाको मेयर हुन् ।

Subscribe to our newsletter

गोकर्णेश्वरको धार्मिक ऐतिहासिक पौराणिक र पुरातात्विक महत्व
गोकर्णेश्वरको धार्मिक ऐतिहासिक पौराणिक र पुरातात्विक महत्वले भरिपुर्ण छ। प्रचार-प्रसार  भौगोलिक स्थिति पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिनकै निम्ति डिजिटल डिस्प्लेको जडान पनि गरेकाे छ। पशुपति दर्शन गर्न आएका भक्तजनहरुलाई गोकर्णेश्वर महादेव मन्दिरको  बारेमा जानकारी प्रदान गर्ने हेतुले पशुपतिक्षेत्रमा समेत डिजीटल डिस्प्ले बोर्ड राखिसकेको छ ।

प्रचार-प्रसार  भौगोलिक स्थिति पर्यटकीय क्षेत्र बारे डिजिटल डिस्प्ले

पूर्वी काठमाण्डौं नयाँ शहरी विकास अयोजनाले गोकर्णेश्वोर नगरपालिकाको जग्गाहरु नयाँ शहरी बिकाश जग्गा एकीकरण आयोजनामा पर्ने जग्गा धनीहरु तथा मोहीहरुसँगकाे छलफलमा विकास अयोजनालाई अगाडि बढाएकाे छ। स्थानिय सरकारकाे आगमन पछि गोकर्णेश्वोर नगरपालिकाले नयाँ रुप फेरेकाे छ। लामाे समय देखि विवादित रहेकाे जाेरपार्टी- शुनदरीजल सडककाे बिस्तार कार्य तिब्रगिमा काम भएकाे देखिन्छ।

सडककाे विस्तार र कालाे पत्रेकाे काम पनि निकै तिब्र गतिमा

भित्रि सडककाे विस्तार र कालाे पत्रेकाे काम पनि निकै तिब्र गतिका साथ अगाडि बढेकाे नगरप्रमुखकाे भनाइ छ। यस चरणमा गोकर्णेश्वोर नगरपालिका वडा नं “५” र “६” गगननगर स्थित सडक कालोपत्र गर्ने काम सम्पन्न भयाे।

युवा पुस्ताकाे ढुकढुकी कसी बने नगरप्रमुख चालिसे
खेलकुदको समग्र विकास किन हुन सकेन भनेर नगरप्रमुख चालिसे निकै चासाेका साथ अगाडि बढ्नु भयाे। मूलतः दुईवटा विकराल कारण देखिन्छन्–

  • स्पष्ट खेलकुद नीतिको तीखो अभाव
  • निषेधको राजनीति ।

खेलकुद राज्यको प्राथमिकतामा नपर्नु कुनै समस्या होइन र अस्वाभाविक पनि होइन । किनभने, नेपालजस्तो जीवनका हरेक क्षेत्रमा पिछडिएको र विकासको खास वेग समात्न नसकेको मुलुकमा खेलकुदजस्तो कुनै एउटै क्षेत्रले विशेष प्राथमिकता पाउन सक्ने अवस्था नै हुँदैन । छाना, माना र नाना भनिने तीन आधारभूत मानवीय आवश्यकताको परिपूर्ति राज्यको पहिलो दायित्व हो ।

यसैसँग जोडिएर आउने र राज्यले हेर्नुपर्ने अरू अपरिहार्यताहरू स्वास्थ्य, शिक्षा, शान्ति, सुरक्षा, मनोरञ्जन, अभिव्यक्ति एवं सभा संगठन, आर्थिक उपार्जन, पर्यटन, पर्यावरण आदि तमाम पक्ष छन् ।

(नागरिक कर्तव्य र नागरिक अधिकारको व्याख्या, प्रवद्र्धन एवं संरक्षण राज्यका प्रमख दायित्व हुने नै भए) – नगरप्रमुख चालिसे

तसर्थ, यहाँ हरेक क्षेत्रले आफ्नै किसिमले प्राथमिकता पाउनुपर्ने देशीय विशिष्ट माग र आवश्यकता हो । बरु, सरकारी संयन्त्र पर्याप्त मात्रामा चुस्त नहुनु, निजी क्षेत्रको समुचित विकास पनि नहुनु र विस्तारिँदो जनचेतनाको स्तरअनुरूप औद्योगिकता पनि फस्टाउन नसक्नु धेरैजसो समस्याका कारक हुन् ।

सतहमा देखिने कुरा यही नै हो । तर, सतहभित्र खोतल्ने हो भने समस्याका जरा अन्तै कतै लुकेको बुझ्न कठीन हुँदैन ।
इतिहास बनिसकेको पञ्चायतीकाल, जुन समयमा मुलुकका सबै क्षेत्रको विकास वर्षौंपछि धकेलियो, को सन्दर्भ कोट्याउनुको केही अर्थ छैन । यद्यपि, त्यही समयमा वर्तमान खेलकुदको जग बसालिएको तथ्यलार्ई नजरअन्दाज गर्ने भूल गर्नु हुँदैन । अहिले पनि प्रयोग भइरहेका धेरैजसो रंगशाला र खेलमैदान दिवंगत शरद्चन्द्र शाह राखेप सदस्यसचिव रहेको समयमा निर्माण भएका हुन् ।

छयालीस सालको परिवर्तनपछि आएको जुनकुनै नेतृत्व भए पनि त्यसयता बितेका करिब २५ वर्षको अवधिमा मुलुकले पाएको एउटै खेलसंरचना ललितपुर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलपरिसर मात्र हो । अँ, परिकल्पना साकार हुन सक्यो भने हेटौंडामा बन्न लागेको स्पोर्ट्स एकेडेमी पछिल्लो समयको उल्लेखनीय उपलब्धि हुन सक्नेमा दुई मत छैन ।

मुलुकमा हरेका क्षेत्रमा विकासका प्रचुर सम्भावना छरिएर रहेजस्तै खेलक्षेत्र मात्र अपवाद रहन सक्दैन । यहाँ खेलमैदान र स्तरीय रंगशालाको उचित व्यवस्था हुन सके पनि खेलकुदले राम्रो फड्को मार्न सक्छ । फुटबल र क्रिकेटका लागि ४०÷५० हजार दर्शक अट्ने तथा बाहिरतिर विशाल स्क्रिनको टेलिभिजन र प्mलडलाइटयुक्त अन्तर्राष्ट्रियस्तरको रंगशाला अनि बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, मार्सल आर्ट्स आदिसमेत खेलका लागि उत्तिकै स्तरीय इन्डोर स्टेडियम निर्माण–व्यवस्थापन हुनसकेमा देशमा खेलकुदको माहोल नै बेग्लै हुन सक्छ । यी सबै कुरा कोरा कल्पनामात्र होइनन्, सम्भव पनि छन् – नगरप्रमुख चालिसे

गोकर्णेस्वर नगर तेक्वान्दो खेलकुद विकास समितिद्वारा आयोजित ईष्टपोल मा.वि. जोरपाटी गो. न पा 5

किनभने, पछिल्लो समयमा देखिइसकेको छ–
एउटै बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न सरकारले २५÷३० करोड रुपैयाँ सहजतापूर्वक विनियोजन गर्न सक्दो रहेछ । कुनै व्यक्ति विशेषको उपचार खर्च भनेरै ६०÷७० लाख, अझ नेताहरूको विदेश उपचारनिम्ति भनेरै करोडौँ रुपैयाँ राज्यकोषबाट खर्च गर्नु पनि सामान्यजस्तो देखिएको छ । यी कुराको अर्थ के हो भने ‘अन्तै कतै लुकेका समस्याका जरा’ मुलुकको आर्थिक अवस्थासित खासै सम्बन्धित रहेनछन् । अर्थात्, इच्छा र आकांक्षा छ भने खेलकुद क्षेत्रमा सरकारी लगानी र विनियोजनका लागि आर्थिक पक्षले विशेष अवरोध सिर्जना नगर्ने रहेछ ।

त्यसैले गाेकर्णेश्वर नगरपालिका सबै खेल जगत, खेल प्रमि र खेलाडिहरुकाे विकासमा साथ र सहयाेग दिनु पर्छ भनि हामिले बजेटकाे ब्यावश्था गरेका छाैं। नगर कमिटि र वडामा खेल विकासमा लागि हाम्राे युवा प्रति पुर्णसाथ छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.