Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मेस्सीको दुई गोलमा बार्सिलोनाको सानदार जित

0 470

०३ चैत, एजेन्सी । बार्सिलोनाका लासग कीर्तिमानी खेल खेलिरहेका कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ ।

घरेलु मैदानन नोउम क्याम्पमा सोमबार राति भएको खेलमा बार्सिलोनाले एसडी हुएस्कामाथि ४–१ को सानदार जित हात पारेको हो । बार्सिलोनाका लागि थप दुई गोल एन्टोइन ग्रिजमन र ओस्कार मिनगुइजाले गर्दा हुएस्काका राफा मिरले एक गोल फर्काए ।

खेलको १३औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले सर्जियो बुस्क्वेट्सको पासमा गोल गरेका थिए । ३५औं मिनेटमा एन्टोइन ग्रिजमनले पेड्रीको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा राफा मिरले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

Subscribe to our newsletter

५३औं मिनेटमा ओस्कार मिनगुइजाले कप्तान मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । ९०औं मिनेटमा ट्रिन्काओको पासमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बार्सिलोनालाई ४–१ को फराकिलो जित दिलाए ।

यो जितसँगै बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याउदै दोस्रो स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको २७ खेलबाट ५९ अंक पुगेको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिकोभन्दा ४ अंकले पछि तथा तेस्रो स्थानको रियल म्याड्रिडभन्दा २ अंकले अघि छ । पराजित हुएस्का २० अंक जोडेर पुछारमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.