Advertisement

होली नजिकिएसँगै वीरगन्जका नाकाहरुमा व्यापक तस्करी बढ्याे

0 575

Advertisement

०२ चैत, वीरगन्ज । हिन्दूहरुको महान पर्व होली नजिकिएसँगै वीरगन्जका नाकाहरुमा अहिले व्यापक तस्करी बढेको छ । पर्सामा प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे कार्यभार सम्हालेदेखि बन्द रहेका तस्करीहरु अहिले खुलेयाम हुन थालेको छ ।

वीरगन्जको इनर्वा, भकुवा, छोटी भन्सार, छपकैया, नगवा लगायतका सम्पूर्ण नाकाहरुबाट अहिले व्यापक तस्करी बढेको छ । नाकाहरुबाट दिनहुँ भैसी, कबाडी, कपडा, हार्डवेयर, मरिच लगायतका सामानहरु तस्करीको लाइन खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटेका क्राइम टोली र नेपाल-भारत सीमामा खटेका नेपाल प्रहरी चौकीका इन्चार्ज एवं सशस्त्र प्रहरीहरुको मिलोमतोमा विहान, दिउँसो, बेलुका तथा रातिको समयमा पनि तस्करी हुने गरेको छ ।

सशस्त्र प्रहरीको मिलोमतोमा रातिको समयमा पनि खुलेयाम तस्करी हुने गरेको छ । वीरगन्ज लगायत यस क्षेत्रमा रहेको खुल्ला सिमाहरुबाट तस्करहरुले प्रहरीको संरक्षणमा तस्करी गर्ने गरेको छ भने वीरगन्ज भन्सार मुख्य सडकबाट पनि तस्करी हुने गरेको छ । मुख्य सडकमा खट्ने सशस्त्र प्रहरीहरुले केही रकम लिएर ति तस्करहरुको सामानलाई छाड्ने गरेका छन् ।

राजस्व चुहावट नियन्त्रण गर्नका लागि वीरगन्ज भन्सारमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी परिचालित नै छ तर ति सशस्त्र प्रहरीका इन्चार्जहरुको मिलोमतोमा मुख्य सडक हुँदै तस्करहरुले विभिन्न सामानहरु नेपाल भित्र्याउने गरेका छन् ।

सानो तिनो घरायसी सामान ल्याउँदा सर्वसाधारणहरुलाई दुःख दिने भन्सार क्षेत्रमा खटेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीहरुले तस्करको सामान भने रोकटोक गर्ने गरेका छैनन् । तस्करहरुले ति सुरक्षाकर्मीका इनचार्जहरुलाई महिनावारी रकम बुझाउने गरेका छन् भने कतिपयले ठाउँको ठाउँ जति पैसा भयो, त्यति हातमा दिने अनि सामान नेपालतर्फ भित्र्याउने गरेका छन् ।

अर्कोतर्फ पोके तस्करहरु पनि उत्तिकै सक्रिय भएका छन् । विहान, साँझ तथा रातिको समयमा महिला पोके तस्करहरुले टाउकोमा एवं काँखीमा च्यापेर विभिन्न सामानहरु भारतबाट नेपाल भित्र्याउने गरेका छन् ।

तिनी पनि वीरगन्ज भन्सारको मुख्य सडक हुँदै अलखिया मठ, आदर्शनगर हुँदै वीरगन्ज बजारका व्यापारीहरु समक्ष सामान पु¥याउने गरेका छन् । सधैं तस्करी गर्दै आएका कुख्यात तस्करहरुले साँझ एवं रातिको समयमा भारतबाट तस्करी गरेर ल्याइएका सामानहरुलाई वीरगन्जको रेशमकोठी, रेल्वे रोड, नगवा लगायतका स्थानहरुमा बनाएको गोदाममा राख्ने अनि त्यहाँबाट दिनदहाडै बोरामा प्याक गरेर आदर्शनगर मुख्य सडक हुँदै घडिअर्वा क्षेत्रमा रहेका ट्रान्सपोर्टसम्म पु-याउने गरेका छन् ।

उक्त कपडाहरु नेपालको विभिन्न सहररुमा पुग्ने गरेको छ । केही दिनअघिसम्म मात्रै प्रहरी प्रमुखको आगमन भएपछि केही दिन तस्करी कार्य रोकिएको थियो तर हाल आएर पुनः तस्करी कार्य शुरु भएको छ ।

अहिले उक्त क्षेत्रबाट कपडा, हार्डवेयर लगायतका सामानहरु खुलेयाम रुपमा भित्रिने गरेको छ । तस्करहरुले दिएको महिनावारी रकम नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका इन्चार्जसम्म पुग्ने गरेको बताइएको छ ।

प्रहरीले देखाउनका लागि ससाना सामान लिएर आउनेहरुलाई समातेर भन्सार बुझाउने गरेतापनि मिलोमतामो आउने गरेको सामानलाई कसैले रोकटोक गर्ने गरेको छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.