आधारभुत पत्रकारिता तालिम सम्पन्न

0 526

०२ चैत्र, काठमाडौं । आज काठमाडौं महानगरपालिका वडा नम्वर २८ बगबजारमा हार्दिक होटल स्थित “प्रेस तथा स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता, मानवअधिकार रक्षा र सामाजिक उतरदायित्वका लागि जनपत्रकारिता” मूल नारासहित आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

कार्यक्रम दिउँसो १२ बजेबाट सुरुभएको हो । प्रशिक्षणकार्यक्रम जनपत्रकार संगठन नेपाल र रातो खवर प्रकाशन गृह प्रा.लि. को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

आधारभुत पत्रकारिता तालिम उद्वघाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, नेकपाका नेता लेखक तथा संस्कृतिकर्मी अनिल शर्मा,वरिष्ठ रातो खवर प्रकाशन गृह प्रा.लिका निर्देशक वसन्त श्रेष्ठ, अधिबक्ता एकराज भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आर्चाय, महासचिव रमेश विष्ट लगायत व्यक्त्तिहरु उपस्थित भएको आयोजकले जानकारी दियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.