Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ग्रीनलाइफ हाइड्रोपावर (GLH) शेयर नेप्सेमा सूचीकृत भोलीदेखी कारोबारमा आउने

0 476

०२ चैत्र , काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीनलाइफ हाइड्रोपावर (GLH) को शेयर सूचीकृत भएको छ।

सोमबार कम्पनीको १ करोड ८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयरलाई जीएलएच कारोबार संकेत पाएकाे छ।

Subscribe to our newsletter

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ।
त्यस अनुसार मंगलबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.