Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

‘पेडल फर एजुकेशन’ परोपकारी साइकल यात्रा सुरु, गगनले गरे ५० हजार सहयोग

0 377

०२ चैैैत, काठमाडौं । ‘पेडल फर एजुकेशन’ स्लोगनका साथ सुरु परोपकारी साइकल यात्राको तेस्रो दिन, साइकल यात्री देवेन्द्र बस्न्यातले काठमाडौंदेखि हेटौंडाको यात्रा थालेका छन् ।

परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले सोमबार बिहान नक्साल नारायणचौरमा आयोजना गरेको एक कार्यक्रममा समाजसेवी साइकल यात्री बस्न्यातलाई नेपाली कांग्रेस नेता गगन थापा, कलाकारहरू हरिवंश आचार्य, विजय लामालगायतले शुभकामनासहित बिदा गरे ।

फागुन २८ गते वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट आशीर्वचन लिई २९ गते दोलखाबाट बस्न्यातले साइकल यात्रा थालेका हुन् । सोही दिन धुलिखेल आइपुगेका उनी चैत १ मा काठमाडौं आइपुगेका थिए ।

Subscribe to our newsletter

काठमाडौंदेखि हेटौँडा हुँदै चितवन, बुटवल, लालमटिया, कोहलपुर, चिसापानी, धनगढी, डडेलधुराहुँदै चैत ११ गते बस्न्यात दिपायल पुग्ने कार्यक्रम छ ।

हेल्प नेपाल नेटवर्कद्वारा निर्माणाधीन दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालय तथा डडेलधुरामा स्थापना हुने बहादुर खडक स्मृति पुस्तकालयका लागि सहयोग जुटाउन दोलखादेखि दिपालयलसम्मको १२०० किलोमिटरको साहसिक साइकल यात्रा साइकल यात्री देवेन्द्र बस्न्यातले थालेका हुन् ।

साइकल यात्री देवेन्द्र बस्न्यातले प्रतिकिलोमिटर १ रुपैयाँका दरले सहयोग गर्न आग्रह गर्दै यस साइकल यात्राले राम्रो सहयोग जुटाउनेमा आफू आशावादी रहेको बताए ।

नेता गगन थापाले यस्ता कार्यले परोपकारको भावना आम मानिसमा जागृत हुँदै जाने विश्वास व्यक्त गर्दै हेल्प नेपालले गर्दै आएको यस किसिमको कार्यको प्रशंसा गरे । कार्यक्रममा गगन थापाले ५० हजार रुपैयाँ सहयोग रकम प्रदान गर्ने घोषणा पनि गरे ।

हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा हरिवंश आचार्य, विमल होडा, विजय लामा, राधा घले, शंकरप्रसाद कोइराला, लता घिमिरे कार्कीलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा हरिवंश आचार्य, विजय लामा, राधा घलेलगायत अन्य धेरैले स्वःस्फूर्तरुपमा सहयोग रकम प्रदान गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.