Advertisement

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोध गुप्ता निर्वाचित

0 523

Advertisement

०२ चैत, वीरगञ्ज । आइतबार वीरगञ्जमा सम्पन्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४५ औं वार्षिक साधारणसभाले सुवोधकुमार गुप्तालाई अध्यक्षतामा निर्वाचित गरेको छ । उनी सर्वसम्मतका साथ अध्यक्षमा चयन भएका हुन ।  

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य साथै  बैंक बित्तिय तथा बिमा समितिको उपसभापति, चामल दाल तेल उद्योग सङ्घका अध्यक्ष समेत रहेका गुप्ताको मनोनयन विरुद्धमा कसैले पनि उम्मेदवारी  गराएनन् । 

त्यसैगरि उक्त साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्वाचनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिलकुमार अग्रवाल पटवारी, उपाध्यक्षमा हरिप्रसाद गौतम, महासचिवमा मनोजकुमार दास, उद्योगतर्फको सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फ आषिशकुमार लाठ, कोषाध्यक्षमा गोविन्द शाह, सह-कोषाध्यक्षमा प्रेमचन्द्र गोयल, उद्योगतर्फको सह-सचिवमा शुशान्त चाचान र वाणिज्यतर्फ अनोजकुमार रुङ्गटा चयन भएका छन् ।

गुप्ता नेतृत्वको यस कार्यसमितीको  कार्यकाल २ बर्षको रहने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.