Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ओप्पो एफ१९प्रो चैत ३ गते नेपालमा सार्वजनिक गरिने

0 425

०२ चैत, काठमाडौँ । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो एफ१९प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले चैत ३ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र युट्युब)मार्फत आयोजना गरिने अनलाइन लञ्च इभेन्टमार्फत एफ १९ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।

लाइभलञ्च इभेन्टमा ओप्पोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिक/गीत लेखिका तथा रचनाकार तृष्णा गुरुङ्ग र पारम्परिक नेपाली लोक वाद्यवादन उपकरण इन्सेम्बल कुटुम्ब ब्याण्डलगायतको उपस्थिति रहनेछ ।

लामो समयदेखि कम्पनीले एफसिरिजमार्फत उपभोक्तालाई स्टेट–अफ–आर्ट प्रविधि पस्किँदै आइरहेको छ । यसले गर्दा एफसिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिनदेखि नै औधि रुचाइरहेका छन् । अग्रगामी सोचसहितका डिजाइनमार्फत ओप्पो, उपभोक्तालाई प्रविधिमार्फत निजीकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ ।

Subscribe to our newsletter

शक्तिशाली र टिकाउ हुनुका साथै बहुआयामिक दृष्टिकोण सहित आफ्ना जीवनका स्मरणिय पलहरु कैद गर्न चाहनेका लागि मनोरञ्जक नयाँ भिडियो फिचर्सहरुका साथ एफ१९ प्रोको डिजाइन विशेषगरी ट्रेण्ड सिकर्स युवाहरुलाई ध्यानमा राखेर गरिएको छ । एफ १९ प्रोमा ४८ एमपी मेन क्यामेरासहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, २ एमपीमाक्रो क्यामेरा र २ एमपीमोनो क्यामेराका साथमा काम गर्छ ।

प्रयोगकर्ताका लागि सेल्फीले पनि उत्तिकै महत्व राख्छ । यही कुरालाई दृष्टिगत गर्दै फोनमा ३२एमपी फ्रण्ट–फेसिङ क्यामेराको प्रयोग गरिएको छ । उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले विशेष व्यवस्था गरेको छ । यस्तै अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफसिरिज परिचित छ ।

एफ १९ प्रोमा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ । थ्रीडी कभ्र्ड ब्याट्री र ७.८एमए अल्ट्रा स्लिम बडीसहितको यो फोनको वजन जम्मा १७२ ग्राम कायम गरिएको छ । हत्केलामा फोन बोक्दा पनि आरामदायी अनुभव होस् अर्थात् ‘यू होल्ड इट, यु विल लभ इट’ भन्नेतिर पनि कम्पनीले विशेष ध्यान दिएको छ । ओप्पो एफ१९ प्रोमा ९०.८ प्रतिशत स्क्रिन–टू–बडी रेसियो र इन–डिस्प्ले फिंगरप्रिन्ट ३.० सहितको चहकिलो ६.४३–इञ्च पञ्च–होल एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ । यसले गर्दा गेमिङ होस् वा टीभी शोको मनोरञ्जन प्रयोगकर्ताले सन्तोषपूर्ण अनुभूति गर्न सक्नेछन् ।

तीव्रगतिको चार्जिङ सुविधाका लागि ३० वाट भोक फ्ल्याश चार्ज ४.० प्रविधिका साथै ब्याट्री छिटो सकिने कारणले उपभोक्ताको दैनिकीमा कुनै समस्या नआओस् भन्ने सोचका साथ एफ१९प्रो मा लामो समयसम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार ५ मिनेटको चार्जले फोनमा २.९ घण्टा युट्युब हेर्न सकिन्छ । एकपटक पूर्णरुपमा फोनलाई चार्ज गरिसकेपछि यसमा ढुक्क भई १६ घण्टासम्म अनलाइन भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.