Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोरोनाविरुद्धको खोप निजी आयातकर्तामार्फत् ल्याइने

0 382


०२ चैैैत, काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको थप खोप निजी आयातकर्तामार्फत ल्याउने तयारी थालेको छ । औषधी व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै निजी आयातकर्तालाई आयायात अनुमति दिइने जनाएको हो ।

विभागका अनुसार निजी कम्पनीले कर लगायत सबै मूल्य विश्लेषण गरि बढीमा १० प्रतिशत मुनाफा राखी खोप ल्याउन पाउनेछन् । त्यसका लागि खोपको अन्तिम मूल्य, ढुवानी, सेवा कर लगायत सबै विवरण खुलाई सात दिनभित्र आयात अनुमातिका लागि आवेदन दिन विभागले सूचित गरेको छ ।

Subscribe to our newsletter

यसअघि निजी क्षेत्रलाईसमेत वैधानिक बाटो खुला गरेको जनाएको विभागले आयातका लागि औपचारिक आह्वान भने पहिलो पटक गरेको हो । २० लाख डोज खोप खरिदका लागि सरकारले भारतको सिरम इन्स्टिच्युटलाई अफ इन्डियालाई शतप्रतिशत रकम भुक्तानी गरिसकेको भए पनि सिरमले हालसम्म १० लाख डोज खोप मात्रै पठाएको छ ।

सरकारले खरिद गरेको सबै र विश्व स्वास्थ्य संगठनले प्रदान गर्ने भनिएको कोभ्याक्सअन्तरगतको खोप आइनपुग्दै निजी आयातकर्तामार्फत ल्याउने तयारी अघि बढाइएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.