Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत रमेश ढकाल घुस सहित पक्राउ

0 1,154

०१ चैत्र, धनुषा। धनुषा जिल्लाकाे आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकाल घुस सहित पक्राउ परे।

सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि अतिरिक्त रकम माग गरी आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई लिन लगाएको खुलासा भएकाे छ।

Subscribe to our newsletter

सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीद्वारा नविन कुमार कर्णलाई एक लाख पचास हजार लिएको अवस्थामा रकमसहित पक्राउ परेका हुन्।

जनकपुरधाम उप-महानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट र कर अधिकृत रमेश ढकाललाई जिल्ला धनुषा स्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि वढाएकाे स्राेतले जनाएकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.