Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

माओवादीको केन्द्रीय समितिको निष्कर्ष: अझैँ ओली प्रवृत्ति कायमै

0 553

०१ चैत्र, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी (समिति) बैठक सोमबार ११ बजे बस्ने निर्णयसहित आइतबारलाई विसर्जन गरिएको छ । आइतबारको बैठकमा सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरूले पछिल्लो राजनीतिक गतिविधिबारे केन्द्रलाई रिर्पोटिङ गरेका छन् ।

इन्चार्ज र अध्यक्षहरूले ओली नेतृत्वको पार्टी छोडे पनि ओली प्रवृत्ति भने पार्टीमा बाँकी नै रहेको रिपोर्टिङ गरेका छन् । यसैगरी बैठकमा माओवादी केन्द्रको नाम फेर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका एजेन्डा पनि पेस भए ।

बैठकमा प्रदेश १ बाट सावित्रीकुमार काफ्ले, प्रदेश २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती मगर, कर्णालीबाट मायाप्रसाद शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले धारणा राखेका छन् ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.