Advertisement

आजको खेलकुद गतिविधि

0 244

Advertisement

०१ चैत्र, काठमाडौं ।

अन्तर वडा टेबलटेनिसलाई गंगादेवी वस्त्रालयको साथ

स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा हुने भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई गंगादेवी वस्त्रालयले सह–प्रायोजन गर्ने भएको छ ।


त्यस सम्बन्धी सम्झौता पत्रमा स्पिनका अध्यक्ष सुमन शाक्य र वस्त्रालयका प्रोप्राइटर निम जोशीले आइतबार आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार वस्त्रालयले आयोजकलाई ५ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराउने छ । कुल लागत १९ लाख ५० हजारमा वस्त्रालयले ३० प्रतिशत रकम उपलब्ध गराउन लागेको हो । यसअघि आयोजकले मुख्य प्रायोजकका रुपमा भ्याली कन्स्ट्रकसनसंग सम्झौता गरिसकेको छ । भ्यालीले आयोजकलाई ९ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने छ ।


सोही अवसरमा डिएचएस स्पोर्ट्स नेपालले प्रतियोगिताका लागि अफिसियल बल प्रदान गर्ने पनि जानकारी दिइयो । डिएचएसका प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक एवं प्राविधिक निर्देशक विनोद शाक्यलाई बल हस्तान्तरण गरे ।
प्रतियोगिता सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ । प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता रहने छ । महिलामा ८ टिमका ९० खेलाडी सहभागी हुने छन् । पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।


पुरुष÷महिला सिंगल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिताको अवसर पाउने छैनन् । भेट्रानमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पाउने छन् । टिम च्याम्पियन वडालाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता चैत ७ गतेसम्म चल्ने छ ।

नेपाल टिम च्याम्पियन
नेपाल छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । १६ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ नेपाल समग्रमा टिम च्याम्पियन बनेको आयोजक ठमेल शाखा डोजोका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।


लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ९ कांस्यसाथ भारत दोश्रो भयो । पुरुषमा भारतका सामर्थ राङगुछे तथा महिलामा नेपालकी सोनु श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.