Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ग्लोवल आईएमई बैकंको ऋणपत्र विक्री खुल्ला

0 1,018

०१ चैत्र, काठमाडौं । ग्लोबल आईएमई बैंक आज चैत्र १ गतेबाट ऋणपत्र बिक्रि खुला गरेको छ ।

बैंकले प्रति ऋणपत्र १ हजारको दरले ३ अर्बले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

जस मध्ये १८ लाख कित्ताले हुन आउने १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकि १२ लाख कित्ताले हुन आउने १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन गरिएको हो ।

Subscribe to our newsletter

सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ ।

इच्छुक लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्मको लागे आवेदन दिन सक्ने छन् ।

१० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्तालाई बैंकले वार्षिक ८.५ प्रतिशतको दरले ब्याज प्रदान गर्ने छ ।

लगानीकर्ताले छिटोमा चैत्र ४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेको खण्डमा चैत्र १६ गतेसम्म आवेदन दिन सक्ने छन् । ऋणपत्र निष्काशनको लागि सेन्चुरी क्यापिटल बिक्रि प्रबन्ध वितरक रहेको छ ।

साथै यसमा आवेदन दिन चाहनेले सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरोशेयरबाट आवेदन दिन सकिने छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.