Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बुर्कामाथि प्रतिबन्ध लगाउँदै श्रीलंका, हजारभन्दा धेरै इस्लामिक स्कुल बन्द

0 247

०१ चैत, श्रीलंका । श्रीलंकाको सरकारले बुर्का लगाउन प्रतिबन्ध लगाउने भएको छ । शनिबार श्रीलंकाको सरकारले एक हजारभन्दा धेरै इस्लामिक स्कुलकहरु पनि बन्द गराउने निर्णय गरेको छ ।

यो निर्णयले श्रीलंकामा ठूलो संख्यामा अल्पसंख्यक मानिसहरु प्रभावित हुनेछन् । अधिकारीहरुले सरकारले निर्णय गरेको यो नियम अब छिटै नै कार्यान्वयनमा आउने बताएका छन् ।

सरकारले यो निर्णय सार्वजनिक स्थलमा मानिसहरुको सुरक्षालाई ध्यानमा राख्दै गरिएको बताएको छ । यो नियम पारित गर्न अब संसद्ले यसलाई स्वीकृति दिनु जरुरी हुन्छ । श्रीलंकामा इस्टरको दिनमा विभिन्न चर्चमा विष्फोट भएको करिब दुई वर्षपछि श्रीलंकाले यस्तो निर्णय गरेको हो ।

Subscribe to our newsletter

सन् २०१९ को अपि्रलमा क्याथोलिक चर्चहरु र होटलहरुमा भएको आत्मघाती आक्रमणमा परी २५० भन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो । इस्लामिक संगठनले यो आक्रमणको जिम्मेवारी लिएको थियो ।

श्रीलंकाले बुर्का धार्मिक अतिवादको प्रतीक भएकाले यसमा प्रतिबन्धको तयारी गरिएको श्रीलंकाको सार्वजनिक सुरक्षा मन्त्री सराथ वीरासेकेराले बताए । त्यस्तै सरकारले कसैलाई आफ्नो तरिकाले विद्यालय खोलेर पढाउने छुट नभएको र सरकारले निर्दिष्ट गरेको पाठ्यक्रमअनुसार नै विद्यालयमा पठनपाठन हुनुपर्ने बताएको छ ।

एजेन्सी



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.