Advertisement

अलैंची र चिया निर्यात साढे दुई अर्बले बढ्यो

0 520

Advertisement

०१ चैत, काठमाडौं । मुलुकबाट निर्यातयोग्य वस्तुमध्ये सबैभन्दा धेरै अलैंची र चियाको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंची र चियाको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको हो ।

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनासम्ममा चियाको निर्यातमा ६३ प्रतिशत र अलैंचीको निर्यातमा ४८ प्रतिशतले वृद्धि भएको छ ।

अन्य वस्तुको निर्यातमा खासै वृद्धि नभए पनि चिया र अलैंचीको निर्यात बढेको छ । चालू आर्थिक वर्षको माघ महिनासम्ममा ४ अर्ब २८ करोड २२ लाख १४ हजार रुपैयाँ बराबरको ५३ लाख ६२ हजार ३ सय ३३ किलो अलैंची निर्यात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा २ अर्ब ८७ करोड ८५ लाख ८८ हजार रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ६ सय ५ किलो निर्यात भएको थियो । अघिल्लो वर्षको तथ्यांकको तुलनामा यो झण्डै साढे दुई अर्ब बढी हो । विश्व बजारमा अलैंचीको माग बढ्दै गएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।

यस्तै सात महिनाको अवधिमा मुलुकबाट २ अर्ब ९३ करोड ५ लाख २१ हजार रुपैयाँ बराबरको ९२ लाख ९० हजार ९ सय ५४ किलो चिया निर्यात भएको केन्द्रको तथ्यांक छ । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ७९ करोड २० लाख १३ हजार रुपैयाँ बराबरको ७४ लाख ६ हजार ३ सय ७० किलो चिया निर्यात भएको थियो । नेपालमा उत्पादित चिया जर्मनी, जापान, फ्रान्स, अमेरिका, अष्ट्रेलियालगायत मुलुकमा निर्यात हुँदै आएको छ ।

यस्तै अलैंची, छिमेकी मुलुक भारत, चीन, यूएई, पाकिस्तानलगायत मुलुकमा निर्यात हुने गर्छ । भारतका मुख्य अलैंची उत्पादन हुने क्षेत्रमा अलैंची मासिन थालेपछि यो वर्ष भारतमा अलैंचीको माग बढी भएको व्यवसायीको भनाइ छ । माग बढेकाले पनि छिमेकी मुलुक भारतमा ठूलो परिमाणमा अलैंची निर्यात भएको छ ।

चालू अािर्थक वर्षको माघ महिनासम्म स्वदेशी वस्तुको निर्यात ७ प्रतिशतले बढेर ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ६४ अर्ब ९७ करोड १२ लाख २७ हजार रुपैयाँको निर्यात भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.