तोलामा ४ सयले बढ्यो सुनको मूल्य
०१ चैत, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन प्रतितोला ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० मा कारोवार भइरहेकोछ। शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७५० मा कारोवार भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।