Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

वैदेशिक र राष्ट्रिय लगानीका सरकारी समन्वय आवश्यक : ढकाल

0 476

१ चैत, वीरगन्ज   वीरगन्ज-उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्रको विकासका लागि वैदेशिक लगानी र राष्ट्रिय लगानीको विकासमा तीन वटै तहको समान्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।

उनले राज्यको लगानी विना नै कर्पोरेट सेक्टरबाट देशको विकास गर्न सकिने सम्भावना रहेकोले तीन तहको सरकारको समान्वयकारी भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । ढकालले निजी क्षेत्रको विकास र प्रवद्र्धनका लागि राज्यले वातावरण निर्माण गरिदिनुपर्ने भन्दै व्यावसायिक प्रवद्र्धनको लागि तीन तहको सरकारबीच समन्वयको आवश्यकता औंल्याए ।

मलेसियाले छोटो समयमा गरेको विकासको उदाहरण दिँदै उनले निजी क्षेत्रको लगानीको वातवरण बनेकाले नै मलेसियाले विकासको फड्को मार्न सकेको बताए । तीन तहको सरकारबीचको समन्वयबाट लगानीको वातावरण बने नेपालले पनि छोटो समयमा विकास गर्न सक्ने सम्भावनाहरु धेरै रहेकाले राज्यले यसमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

Subscribe to our newsletter

वीरगन्ज उद्योग वाणिज्य संघको ४५औं साधारणसभाको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटमा सरकारले निजी क्षेत्रले उठाएका मुद्दाको सम्बोधन गराउन महासंघले वकालत गर्ने बताए ।

निजी क्षेत्रका व्यावसायिक मुद्दालाई तीनै तहका सरकारले स्वमित्व ठानेर सम्बोधन गरेमा मुलुकको अर्थतन्त्रले छिट्टै फड्को मार्ने ढकालको भनाइ थियो । अहिले साना साना कम्पनीहरुले निष्काशन गर्ने सेयरमा पनि लगानी गर्नेहरु धेरै देखिएकाले लगानीको आकर्षण बढेको तर यसको लागि लगानी ऐनलाई संशोधन गर्नुपर्ने बताए । निजी क्षेत्रका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधानका लागि सुझाव संकलनहरु भइरहेको र यसलाई एकीकृत रुपमा प्रतिवेदन बनाएर सरकारलाई पनि बुझाउने तयारी भएको उनले बताए ।

महासंघका प्रदेश–२ अध्यक्ष गणेश लाठले एजेन्सी ऐनलाई कडा बनाई नेपाली डिष्ट्रिव्युटरहरुको लगानी सुरक्षित गर्नुपर्नेमा जोड दिए । उनले भारतीय कम्पनीहरुले नेपाली डिष्ट्रिव्युटरको लगानी जोखिममा पार्ने गरेकाले यसको सुरक्षाका लागि राज्यले नीतिलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उधारो ऐनको पनि संशोधनको माग उनले गरे ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले राजनीतिक दलका नेताहरुले गल्ती गरे जेल जानु नपर्ने तर उद्योगी व्यवसायीहरुले गल्ती गरे जेल जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । संघका पूर्वअध्यक्ष अशोक वैद्यले औद्योगिक प्रतिष्ठानहरुका सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम उद्योगी व्यवसायीले आफैंले योजना बनाएर खर्च गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति अरुणराज सुमार्गीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

उत्कृष्ट निर्यातकर्ता सम्मानित

वीरगन्ज उद्योग वाणिज्य संघको ४५औं साधारणसभाबाट उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिएको छ । भारततर्फ निर्यात गर्ने उत्कृष्ट उद्योग डाबर नेपाल प्रालि, त्रिवेणी स्पिनिङ प्रालि, शिवशक्ति केमोप्लाष्टलाई सम्मान गरिएको छ ।

त्यस्तै तेश्रो मुलुकतर्फ निर्यात गर्ने उत्कृष्ट त्रिवेणी स्पिनिङ, शिवशक्ति दाल मिल प्रालि डाबर नेपाल र दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत निर्यात गर्ने शिवशक्ति घिउ उद्योग, अन्नण्पूर्ण भेजिटेबल र नारायणी आयल एण्ड रिफाइनरीलाई पनि सम्मान गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.