Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

गायक रमेश कडेलको स्वरमा ‘सल्लाह गरेर’ सार्वजनिक ( भिडियो )

0 637

१ चैत, काठमाडौँ । चार जना गायक गायिकाको स्वरमा समावेश ‘सल्लाह गरेर ‘ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  
लोकलयमा आधिरित यस गीतमा सिडी विजय अधिकारी, रमेश कडेल, रचना रिमाल र मनिषा राईको स्वर सुन्न सकिन्छ।  

डिपी खनालको शब्द रहेको यस गीतलाई शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेका हुन्।  गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ।युवा युवतीबीचको प्रेम र आकषर्णलाई प्रस्तुत गरिएको यस भिडियोमा नायक पल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना फिचर्ड छन्। सन्तोष राजबाहकले कोरियोग्राफी यस भिडियोलाई  ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन्। भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ।  

सुर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशनमा तयार पारिएको हो।  ईनाक्षी इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.