Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

टालटुले पाइपबाट मेलम्चीको पानी : काठमाडौँको सडक जलमग्न बन्ने खतरा

0 570


१ चैत, काठमाडौं । उपत्यकावासीले मेलम्चीको पानी आउने दिन गनेर बसेको वर्षौं बित्यो । तर, प्रचार गरिएअनुसार पानी अझै आएको छैन । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसहित जम्बो टोलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने काम सुरु गरी मेलम्चीको पानी ल्याएको घोषणा गरे पनि अझै कयौँ समस्या भने ज्यूँकात्यूँ छन् ।

निर्माण थालिएको लामो समयपछि मेलम्चीको पानी गत फागुन २२ मा सुन्दरीजलसम्म परीक्षणका रुपमा ल्याइयो । त्यो पानी केही दिन वाग्मतीमा छाडियो । तर, अझै मेलम्चीको पानी उपत्यकावासीको घरघरमा पुगेको छैन । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले चैत दोस्रो साताबाट परीक्षण वितरण गर्ने तयारी भएको जानकारी दिए । तर, उनले भनेजस्तो वितरण प्रणाली सजिलो देखिँदैन । नयाँ पाइपबाट वितरण गर्ने अवस्था छैन ।

पुराना पाइपबाट वितरण गर्ने तयारी गरिएको भए पनि ती जीर्ण छन् । पुराना पाइप टालटुल गरेर पानी लयाउने तयारी गरिएको हो । पुराना पाइपमा सातामा एक चोटी पानी छाड्दा केही स्थानमा लिकेज भइ सडक जलमग्न बन्ने गरेका छन् । अब मेलम्चीको पानी आउँदा दैनिक समय मिलाएर वितरण गरिनेछ । जसले गर्दा काठमाडौँका प्रायः सडक जलमग्न हुने खतरा रहेको स्वयम् आयोजनाले स्वीकारेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.