Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आज – ०१ चैत्र २०७७ आइतवार को राशिफल

0 127

२०७७ चैत १ गते, आइतवार, १४ मार्च २०२१। फाल्गुण शुक्लपक्ष, प्रतिपदा तिथि (१६ः२२ बजेदेखि द्वितीया)। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– मीन।

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। श्रमको उचित मूल्य पाइनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। छोटो समयमै उपलब्धि हातलागी हुनेछ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पछिका लागि सम्भावना देखिए पनि तत्काल न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने समय छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। परिबन्धले केही अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। समयमा शुभचिन्तक तथा साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। 

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। 

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बेसुरमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। प्रयत्न गर्दा घरेलु समस्या भने सुल्झाउन सकिनेछ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले काममा सफलता मिल्नेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा मनग्य लाभ हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। 

कुम्भ – AQUARIU गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत परे पनि नतिजा कमजोर देखिने समय छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। भैपरी आउने खर्चका कारण त्यति सञ्चय गर्न नसकिएला। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सजग रहनुहोला। शुभचिन्तकहरूको साथले फाइदा हुनेछ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। 


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.