Advertisement

ऐश्वर्या रायको ४७ वर्षको उमेरमा पनि कालो र घना छन् कपाल, घरमा बनाएर लगाउँछिन् यस्ता पेस्ट

0 1,241

Advertisement

२९ फाल्गुन, काठमाडाैं । ऐश्वर्या राय बच्चन केही वर्षमै ५० औं वसन्तमा टेक्नेछिन् तर अहिले पनि उनको सुन्दरता यस्तो छ जसमा धेरै मानिसहरु मग्न हुन्छन् । उनको सुन्दरतामा उनको कपालले पनि सुनमा सुगन्ध थप्ने काम गरेको छ ।

नायिकाहरुले विभिन्न प्रकारको केमिकल प्रयोग गर्ने भएकोले कपाल झर्ने, रुखो हुने, हाँगा फाट्नेलगायतका समस्या देखिने गर्छ भने यता ऐश्वर्याको कपाल कालो, बाक्लो छ । यसका लागि यी नायिका हरेक पटक सैलुनमा गएर हज्जारैं रकम खर्च गर्दिनन्, उनी घरमा नै साधारण मास्क बनाएर नियमित रुपमा लगाउने गर्छिन् । यसै मास्कका कारण ऐश्वर्याको कपाल केमिकल बेस्ड स्टाइलिङ मटिरियल, स्ट्रेटनर, कर्लर, ड्रायरलगायतले हानी हुनबाट जोगिएको छ ।

यसका लागि यी नायिका हरेक पटक सैलुनमा गएर हज्जारैं रकम खर्च गर्दिनन्, उनी घरमा नै साधारण मास्क बनाएर नियमित रुपमा लगाउने गर्छिन् । यसै मास्कका कारण ऐश्वर्याको कपाल केमिकल बेस्ड स्टाइलिङ मटिरियल, स्ट्रेटनर, कर्लर, ड्रायरलगायतले हानी हुनबाट जोगिएको छ । यसका लागि यी नायिका हरेक पटक सैलुनमा गएर हज्जारैं रकम खर्च गर्दिनन्, उनी घरमा नै साधारण मास्क बनाएर नियमित रुपमा लगाउने गर्छिन् । यसै मास्कका कारण ऐश्वर्याको कपाल केमिकल बेस्ड स्टाइलिङ मटिरियल, स्ट्रेटनर, कर्लर, ड्रायरलगायतले हानी हुनबाट जोगिएको छ ।

ऐश्वर्याले अन्तरवार्तामा आफ्नो हेयर केयर टिप्स सेयर गरेकी थिइन् । उनले आफूले हप्तामा एकपटक नरिवलको तेल तताएर कपालमा मसाज गर्ने गरेको बताएकी थिइन् । यसका साथै उनले नरिवलको तेल, जैतुनको तेल, अण्डा, अमला पाउडर मिसाएर मास्क तयार गरेर कपालमा लगाउने गरेको बताएकी थिइन् । यसले उनको कपाललाई चम्किलो, स्वस्थ बनाउने काम गर्छ ।

यी मास्क पनि प्रयोग गर्छिन्ः

एक म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले आफूले कहिलेकाँही कपालमा एभोकाडो र मायोको पेस्ट पनि लगाउने गरेको बताइन् । यी दुबै बाक्लो र चिल्लो हुने भएकोले उनको कपाल नरम र मुलायम हुन्छ । यसका साथै नायिकाले दुधमा मह मिसाएर पनि कपालमा लगाउने गर्छिन् । यी दुबै कुराले कपाललाई चम्किलो बनाउन मद्दत गर्छ ।

डाइटलाई ध्यानमा राख्ने र तनावबाट टाढै रहनेः

ऐश्वर्या राय आफ्नो खानालाई पनि विशेष ध्यान दिने गर्छिन् । उनी बाहिर बनेको भन्दा घरमा नै बनेको खाना खान रुचाउँछिन् । यसका साथै नायिका आफ्नो खानामा सागसब्जी र फलफूल पनि समावेश गर्छिन् जसले छाला र कपालको जरालाई स्वस्थ राख्न मद्दत गर्छ ।

कपाल झर्नुको एउटा ठूलो कारण तनाव पनि हुन्छ । यो सँग जुध्नका लागि ऐश्वर्या राय स्पा ट्रिटमेन्ट लिन्छिन् जसमा विभिन्न प्रकारको तेल प्रयोग गरिन्छ । यसले उनलाई तनाव मुक्त हुन सहयोग गर्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.