Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

तयारी पोशाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा

0 281

२९ फागुन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । 

मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौता अनुसार, मेगा बैंकले संघमा आबद्ध सबै ब्यवसायीहरुलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो ।

मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीति बमोजिम ब्यबसाय संचालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने भएको छ । 

Subscribe to our newsletter

यो सम्झौतापछि नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत मिल्ने मेगा बैंकले विश्वास लिएको छ । मेगा बैंकका २ सय ४ वटै शाखा कार्यालयमार्फत व्यवसायीहरुले यो कर्जा सुविधा लिन सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.