Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

निकारागुवाको चिनान्डेगा सहर ज्वालामुखीको धूलोले ढाकियो

0 517

२९ फागुन, मानागुवा । मध्य–अमेरिकी राष्ट्र निकारागुवाको सबैभन्दा अग्लो ठाउँ सान क्रिस्टोबलमा ज्वालामुखी बिस्फोट हुँदा चिनान्डेगा सहर र त्यसको आसपासको क्षेत्रको आकाश धूवाँ र धूलोले ढाकिएको छ ।

स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार मंगलबारको उक्त बिस्फोट निकै शक्तिशाली रहेको र आकाशमा धूवाँ र खरानीजस्तै धूलो १७ किलोमिटरसम्म फैलिएको थियो । सान क्रिस्टोबलमा सामान्यतया वर्षैभरि ज्वालामुखी सक्रिय हुने गर्दछ ।

स्थानीय पत्रकार कारोल अल्टामिरानोले धूवाँ र धूलोका कारण किसानको धान, तरकारी र फलफूल तथा गाईबस्तुका चरन सबै खैरो धुलोले ढाकिएको जानकारी दिए । इनेटर अध्ययन इन्स्टिच्यूटले ज्वालामुखीको तीव्रता आगामी दिनमा घट्ने र जनजीवनमा त्यति खतरा उत्पन्न नहुने बताएको छ ।

Subscribe to our newsletter

यसपटकको ज्वालामुखी बिस्फोटबाट करिब ३० मिनेटसम्म धूवाँ र धूलो आकाशमा आएको थियो । सडकमा गुडिरहेका सवारी साधनले प्रकाश मधुरो भएपछि दिउँसै बत्ती बाल्नुपरेको थियो । किसानहरुले पानीका स्रोतलाई छोप्नुका साथै गाईबस्तुलाई सुरक्षित स्थानमा लगेका थिए । सहरमा मानिसले छाता ओढ्ने, टोपी लगाउने र अनुहारमा मास्क लगाउने गरेका थिए । करिब एक हजार सात सय ४५ अग्लो सान क्रिस्टोबलको ज्वालामुखी क्षेत्र मध्य अमेरिकी क्षेत्रको सातौं हो । यो क्षेत्र राजधानी मानागुवादेखि उत्तरपश्चिम करिब एक सय ३२ किलोमिटर टाढा चिनान्डेगा क्षेत्रमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.