Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, तीन आरोपित फरार

0 255

२९ फागुन, काठमाडौं । जिल्लाको पुनर्वास नगरपालिका– २ को मोतिबस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि पहिचान नखुलेका ३ जना युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका कलम किन्न घरबाट करिब ४ सय मिटरको दुरीमा रहेको पसलमा गइरहेका बेला उनीमाथि बलात्कार भएको बताए।

बलात्कार गरेको आरोप लागेका ३ जना युवाहरुको पहिचान खुलेको छैन। उनीहरु घटना लगत्तै फरार भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। धनगढीमा स्वास्थ्य परीक्षणपछि बालिकालाई आफन्तको जिम्मा लगाइएको छ।

Subscribe to our newsletter

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.