आकाशदीप कलेजमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
लक्ष्मण फुयाल
२९ फागुन, काठमाडौं । आकाशदीप कलेजमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आकाशदीपको प्रङगण दक्षिणढोकामा भएको हो । कार्यक्रमको सभापतित्वमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा निर्देशक संगिता केसी गरेकी थिइन ।
स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिकारुपमा पूर्व कानुन तथा न्याय मन्त्री तथा वर्तमान प्रतिनिधि सभा सदस्य शेरवहादुर तामाङको उपस्थित भएका छन् ।
साथै कार्यक्रममा विशेष अतिथिहरुहरुमा महासचिव, केन्द्रीय कार्यसमिति प्याव्सनका कुमार घिमिरे, प्रमुख गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा उप सचिव विजय आचार्य, प्याब्सन जिल्ला कार्यसमिति काठमाडौ हरिकृष्ण श्रेष्ठ,सचिब हिसान काठमाडौ जिल्ला कार्यसमिति तथा प्राचार्य जया बहुमुखी क्याम्पसका भवानीप्रसाद पौडेल लगायत आकाशदीप कलेजका प्रार्चाय मदन सुवेदी र अन्य शिक्षा क्षेत्रमा आवद्ध व्यक्त्तिहरुको उपस्थित भएका थिए ।
कार्यक्रममा आकासदीप कलेजका प्रचार्य मदन सुवेदीले नयाँ विद्यार्थीहरुलाई स्वागत व्यत्त गरेका थिए । साथै सुवेदीले कलेज बाट १२ कक्षा पास गरेका विद्यार्थीहरुमा बधाई तथा भविष्यमा अझै प्रगति गर्दै जानेमा विश्वास व्यक्त्त गरेका छन् ।
प्रमुख अतिथि शेरवहादुर तामाङले शिक्षा संगै राजनितिक विषयबस्तु तथा मेलम्ची खानेपानी पानी वितरण काठमाडौ बासिले चाडै पाउने कुरा जानकारी दिए । तामाङले शिक्षामा भएका विसंगती कुराहरु व्यक्त गर्दै उनले विद्यार्थीहरुमा जीवनमा तिन ओटा कुरा विर्सनु हुदैन र सम्मान गर्नु पर्नेमा जीवन दिने जन्मदिने बुवा आमा शिक्षा दिने गुरुहरु तथा देश लाई सधै सम्मान गर्नुपर्नेमा जोड दिए । सधै असल बन्न प्रेरित गरेका छन् ।
कार्यक्रमा विद्यार्थीहरुले सांस्किृतिक प्रस्तुत गरेका थिए । साथै विद्यार्थीहरुमा मायाको चिनो वितरण प्रमुख अतिथिले गरेका थिए । शिक्षकहरुलाई उत्कृष्ठ कामको सम्मान्न गर्दै कलेका प्रिन्सिपल मदन सुवेदीले मायाको चिनो दिनुभएको छ ।
