Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सरकारको लगानीमा पाउडर दूध प्लान्ट निर्माण सुरु

0 226

२९ फागुन, वाग्मती । बाग्मती प्रदेश राजधानी हेटौँडामा प्रदेश सरकारको लगानीमा पाउडर दूध उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माण शुरु गरिएको छ । प्रदेश सरकारको रु ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा पाउडर प्लान्ट र सोको व्यवस्थापनका लागि आवश्यक भवन निर्माण गर्न थालिएको हो ।

प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज हुनेछ । उद्योग स्थापना भएर रोजगारी सिर्जना गरेसँगै किसानले धेरै गाई, भैँसीपालना गरेर रोजगारी पनि सिर्जना हुने निश्चित छ ।

सो प्लान्टबाट बाग्मती प्रदेशसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहट र वाग्मती प्रदेशको चितवन र मकवानपुरका करीब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दूध खरीद गरी दैनिक पाँच मेट्रिक टन धुलो दूधको उत्पादन गरी प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ ।

Subscribe to our newsletter

पाउडर प्लान्टमा महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट दूध आयात गर्न सकिनेछ । प्रदेश दुग्ध विकास बोर्डद्वारा निर्माण गरिने उक्त भवन करीब डेढ वर्षभित्रै निर्माण सम्पन्न गरी पाउडर दूध प्लान्ट सञ्चालन गर्ने लक्ष्य रहेको प्रदेश कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्लान्टमा दैनिक ६० हजार लिटर दूधबाट पाँच मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य रहेको छ । चालू आर्थिक २०७७/७८ वर्षको पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौँ इजी इन्फा प्रालिले एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम थालेको थियो । कम्पनीले रु ४५ करोड १२ लाख ७० हजार लागत अनुमान गरिएको प्लान्टको निर्माण रु ४१ करोड २२ लाख ७१ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको छ ।

रासस



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.