Advertisement

पशुपतिमा गंगा आरती, युवापुस्ता उपस्थिति बढ्दाे

0 459

Advertisement

२९ फागुन, काठमाडौं । पशुपति प्राङ्गणमा हरेक साँझ हुने गंगा आरतिमा युवापुस्ता मनमग्न हुने देखि ध्यान (मेडिटेसन) गर्नेहरुको भिड लाग्ने गरेका छन् । पीडा, समस्या भुल्न तथा मनमा आनन्दको लागि धेरै हिन्दुदेखि बौद्ध, क्रिस्चियन धर्मावलम्बी युवावर्ग बेलुका पशुपति वागमती किनारामा पुग्ने गरेका छन् ।

दुःखी सुख र सुखी अझ सुख खोज्न आउने ठाउँ हो पशुपति नाथको मन्दिर २२ वर्षीय अनुप नेपालीले भन्नुभयो, हप्ताको एक पटक भए पनि मनमा शान्तिको लािग सन्ध्या आरतिमा आउँछु । यहाँ आउँदा सानो ठुलो जातको कुरा हुदैन् जति पनि मनमा पिडा लुगेको छ आरतीको सुमधुर धुन सँगै गरिने मेडिटेसनले सबै हराउँछ ।

अझ शिव ताण्डव स्तोत्र सुन्दा फरक मान्छे हुने धारणा ब्यक्त गर्दे नेपालीले महादेव स्वयं आई अन्तरआत्मामा बास गरेजस्तो हुन्छ, नाचौँ–नाचौँ, उफ्रौँ उफ्रौँ हुने बताउनुभयो । यस्तै, शिव तान्डवमा नाचेर मग्न हुनुभएको तेस्रोलिङ्गी अनिता गुरुङले भन्नुभयो, पशुपति मन्दिरमा हुने बागमती गंगा सन्ध्या आरतिमा आउन पाउँदा ‘एकछिन भए पनि म ‘म’ हुन पाउँछु ।

भित्री आत्माबाट नै छुट्टै ऊर्जा निस्केको महसुस हुन्छ,’ उहाँले थप्नुभयो, आरतिमा गएर भजन सुनेपछि समग्रमा अन्तरआत्मा र अन्तर्मनमा शान्तिको अनुभव हुन्छ । मनलाई शान्ति आनन्द गर्न यहाँ आउने गर्छ गुरुङले जीवनले कहिलेकाहीँ वाक्क लगाउँदा यता आउँछु । २८ बर्षिय उहाँ बैचेनी र छटपटाहटले घेरिरहेका बेला मनमा शान्ति र सन्तोषजनक जिउने केही प्रेरणा मिलोस् भनेर आउने र नाँच्ने गरेको जानकारी दिनुयभो ।

सन्ध्या आरतीको आयोजना गदै आउनुभएको समाजसेवी सुर्वण बैद्यले मनमा शान्तिको लागि अहिले युवावर्गमा आरतीको मोह बढेको जानकारी दिनुभयो । भगवान् पशुपति नाथले लोकको कल्याण तथा सबैको खुसीको लािग आरती गरिरहेको उहाँले बताउनुभयो । अहिले धेरै मानिसहरु अशान्तिको रेखामुनी छन्, देशको राजनीति देखि रोजगारी, घरायसी समस्याको कारण केहि छिन् शान्तिको लागि भए पनि आउने गरेको बैद्यको अनुभव छ ।

यता चिकित्सक डा.अरुणा श्रेष्ठ भन्नुहुन्छ, ‘पशुपतिको आरतीले मलाई योग विज्ञानको पनि अनुभूति दिलाउँछ, जुन बुझ्नुभन्दा बढी महसुस र अनुभव गर्ने कुरा हो,’ । महिनामा दुई पटक भएपनि आरतीमा सहभागी हुने जानकारी दिदै हिन्दू धर्मशास्त्रमा शिवलाई शक्तिशाली भगवान्का रुपमा चित्रित गरिएको र पशुपतिले जन्म–मृत्यु र त्यसभन्दा परको जीवनलाई पनि देखाएको डा.श्रेष्ठले बताउनुभयो ।

धर्मप्रति खासै रुचि नभएका साथीहरूको लहलहैमा पशुपति पुग्नुभएको उहाँले यहाँ आएपछि मनलाई शान्ति पाउनुको साथै काम गर्ने जोस जागर बढेको अनुभव ब्यक्त गर्नुभयो ।

आफुलाई कोरानो सङ्क्रमण भएर आइसोलेसनमा बस्दा पनि शिवको भजन र ताण्डवले उर्जा प्राप्त भएको धारण डा.श्रेष्ठको छ । भजनका शब्द र संगीतमा यसरी डुब्दै गए कि आफ्ना समस्या, पीडाहरू कहाँ–कहाँ विलीन भएजस्तो लाग्यो उहाँले भन्नुभयो, मूर्तिबाट भन्दा पनि संगीतको माध्यमबाट भगवान् नजिक चाँडै पुग्न सकिँदो रहेछ भन्ने बुझ्न धेरै समय लागेन ।

करिब एक घन्टा पशुपतिनाथ मन्दिर पछाडि विशेष चहलपहल हुन्छ । पशुपति आसपासका मात्र नभई उपत्यकाका अन्य विभिन्न ठाउँका मानिस पनि साँझमा पशुपति पुगेर भजन र आरतिमा मुग्ध हुन्छन् । वागमती नदीको पूर्वतर्फ दैनिक हुने यो भक्ति सत्संगमा दिनमै सयौँ भक्तजन सामेल हुन्छन् ।

योगगुरु सागरमान श्रेष्ठ भन्नुहुन्छ, योग सँगै सङ्गीत पनि आवश्यक पर्छ सङ्गीतले मस्तिष्कमा केन्द्रीत हुन मदत गर्छ भने योगले ज्ञानन्द्रेयीलाई चलाएमान बनाउँछ । धार्मिक विश्वास अनुसार भगवान शिवद्वारा अनुसरण गरिएको पद्धति योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो उहाँले थप्नुभयो, विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । त्यसैले शिवको भजनमा ध्यान गर्न सजिलो हुनुको साथै मनमा शान्ति पनि आउँछ । गाेरखापत्र बाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.