Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

६० सङ्क्रमित थपिए, ७२ कोरोनामुक्त

0 360

२९ फागुन, काठमाडौं । नेपालमा कोरोनाभाइरसका ६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ६० जना सङ्क्रमित थपिएको र ७२ जना निको भएको जनाएको छ ।

हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार २४९ पुगेको छ । मन्त्रालयले हाल ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

Subscribe to our newsletter

पछिल्लो चौबीस घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । थपिएका दुई जना मृतकसँगै कोरोनाबाट नेपालमा तीन हजार १४ जनाको मृत्यु भएको हो । हाल ४९ जना क्वारेन्टिनमा छन् ।

हालसम्म २२ लाख १२ हजार ७९६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.