Advertisement

लोकतन्त्रकाे रक्षाका लागि कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला आयो : देउवा

0 352

Advertisement

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेको भन्‍दै प्रजातन्त्रलाई स्थायी बनाउन लड्नुपर्ने बेला आएको बताए। कम्युनिष्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन उनीहरुविरुद्ध लड्नुपर्ने बेला आएको बताए ।

प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । कम्युनिष्टहरु एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छन्,’ उनले भने, ‘भूठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो ओली सरकारको । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउन आवश्यक छ ।’

नेपालमा लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस मात्रै भएको देउवाले दाबी गरे । अरु राजनीतिक पार्टीहरु प्रजातन्त्रवादी नै नभएको उनको आरोप छ । कांग्रेसले लोभ र हतार गर्न नहुने भन्दै उनले परिस्थिति आइपर्‍यो भने सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट नभाग्ने दोहोर्‍याए । ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने, लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’ उनले भने ।

देउवाले महिला मतदातालाई कांग्रेसमा आकर्षित गराउनुपर्नेमा समेत जोड दिए । कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै उनले परिस्थिति आइपर्‍यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारे ।

उनले भने, ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.