Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एक १४ वर्षिय बालकको शव फेला

0 435

श्यामल कुमार गिरी

२८ फाल्गुन बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थित एक १४ वर्षिय बालकको शव कुहिएको अवस्थामा फेला परेको छ । फेला परेको शव स्थानीय सहिद हुसेन मिया अंसारीको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बिहान खेतमा काम गर्न गएकाहरुका लागि खाना लिएर खेतमा जाने क्रममा एक स्थानीय महिलाले उक्त शवलाई देखेर गाउँलेहरुलाई जानकारी गराएका थिए । फुलबारीको छेउमा रहेको छाईंमा फालिएको अवस्था भेटिएको उक्त शव लगभग गलिसकेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपक्षिक गौतम मिश्रले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ बस्ने अंसारी फागुन ११ गते देखि हराएको प्रहरीमा निवेदन परेको थियो । प्रहरीले खोज तलास गर्दै आएको तर बालक फेला नपरेको र शुक्रवार बरामद गरिएको शव सो बालक कै हुन सक्ने प्रहरीको अनुमान छ ।

Subscribe to our newsletter

प्रहरीले बालकले लगाएको कपडा र चपलबाट अंसारी नै हुन सक्ने अनुमान गरे पनि यस बारे थप अनुसन्धान नभए सम्म केहि भन्न नसकिने बाराका प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए।

सो घटना बारे थप अनुसन्धानका लागि कुकुरको प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.