Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल, खनाल र गौतम एकजुट, एमाले फुटाएर नेपाली कम्युनिस्ट पार्टी गठनसम्मको तयारी

0 459

२९ फाल्गुन, काठमाडौं । नेकपा एमाले फेरि फुट्ने अवस्थामा पुगेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार वरिष्ठ नेताहरु लाई केन्द्रीय सदस्यमा सिमित पारेपछि फुटको अवस्था बनेको हो ।

ओलीले घुमाउरो तरिकाले नेपाल, खनाल र उपाध्यक्षमा सर्वाधिक मत ल्याएर नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्ष बामदेव गौतमलाई कारबाही गरेपछि फुटको संघारमा एमाले पुगेको हो । ओलीले आफू र महासचिव इश्वर पोखरेललाई पदाधिकारी यथावत राखी अन्य पदाधिकारी र स्थायी कमिटी सदस्य कोही नरहने गरी केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा सिमित पारेका थिए । त्यसलगत्तै माधव नेपाल समूहको बैठक बसी निर्णय नमान्ने घोषणा गरेको थियो ।

ओलीले विधानको बाधा अड्काउ फुकाएको भन्दै कठोर कदम चालेपनि माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले गम्भीर छलफल बढाएका छन् । गौतमले अब ओलीसँग एकता हुन नसक्ने बताइसकेका छन् । उनले नयाँ ढंगले अगाडि बढ्ने रणनीति समेत तयार गरेका छन् ।

Subscribe to our newsletter

अब एमालेको माधव झलनाथ र बामदेव पक्षधर एक भई ओलीलाई कारबाही गर्ने या नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने तयारी गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी नाम जुराएर उक्त पक्ष केन्द्रीय समिति र संसदीय दलमा ४० ४० प्रतिशत पुर्याउने गरी बढेको बुझिएको छ ।

ओलीलाई प्रधानमन्त्रीबाट जतिसक्दो छिटो हटाउने गरी रणनीति समेत बनेको छ । एकताको सबै सम्भावना समाप्त भएको निष्कर्षसहित अब ओलीविरुद्ध नेताहरु कडा रुपमा प्रस्तुत हुने भएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.