Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

केन्यामा फेरि दुई महिना कर्फ्यु घोषणा, तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी

0 359

२९ फाल्गुन, एजेन्सी । केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ। राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि लम्ब्याइएको घोषणा गरेको समाचारमा जनाइएको छ।

रातिको समयका लागि मात्रै लगाइएको कर्फ्युको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ। यो कर्फ्यु देशव्यापी हुने अधिकारीहरुले जनाएका छन्। केन्यामा कारोना भाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा वृद्धि हुँदै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि कर्फ्यु लगाइएको राष्ट्रपति केन्याटाले बताएका छन्।

केन्यामा अब तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी दिइएको छ। त्यसैले होटल, बार तथा रेस्टुरेन्टहरु राती ९ बजेपछि बन्द गरिसक्न निर्देशन छ। पूर्वी अफ्रिकी कतिपय देशहरुमा जस्तै केन्यामा पनि अहिले दिउँसोको समयमा समेत धेरै गतिविधिहरुमा प्रतिवन्ध लगाइएको छ। केन्याका बैदेशिक सिमानाहरु अहिले पनि बन्द गरिएको छ भने विद्यालयहरुमा पनि विदा दिइएको छ। हरेक दिन बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यु लागु हुने जनाइएको छ।

Subscribe to our newsletter

केन्यामा कारोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या अहिलेसम्म झण्डै एक लाख १२ हजार पुगेको छ। त्यसैगरी एक हजार ९०१ जनाको कोरोनाका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.