Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एसियामा एक अर्ब डोज कोरोनाविरुद्धको खोप दिन क्वार्ड समूह सहमत

0 427

२९ फाल्गुन, एजेन्सी । सन् २०२२ को अन्त्य सम्ममा एसियामा कोरोना भाइरस विरुद्धको एक अर्ब डोज खोप उपलब्ध हुने भएको छ ।

चार शक्तिशाली मुलुकको क्वार्ड नामक समूहले पहिलोपटक आयोजना भर्चुअल बैठकमा अमेरिका, अस्ट्रेलिया, भारत र जापानका नेताहरुबीच यस्तो सहमति बनेको हो ।

दक्षिणपूर्वी एशियामा चीनमा उत्पादन भएको खोपको प्रभाव बढेको भन्दै ती राष्ट्रहरुले एशियामा आफूहरुले निर्माण गर्ने खोप वितरणको तयारी थालेका हुन् ।

Subscribe to our newsletter

चीनको खोप कुटनीति बलियो बन्दै गएको भन्दै ती राष्ट्रहरुले खोपमा भएको चीनको एकाधिकार तोड्न सहमत भएका हुन । बैठकमा अमेरिकाले शुरुको अवस्थामा दक्षिण पूर्वी एसियामा खोपको मात्रा पु¥याउनु पर्नेमा जोड दिएको छ ।

जोनसन एण्ड जोनसनले उत्पादन गरेको कोरोना विरुद्धको खोप एकै डोज भए पुग्ने भएकाले सो खोप भारतमा उत्पादन गर्ने योजना समेत समूहले बनाएको छ ।

भारतको उत्पादन, अमेरिकी प्रविधि, जापान र अमेरिकाको आर्थिक सहयोग र अस्ट्रेलियाकाको आपूर्ति प्रबन्धले तोकिएकै अवधिमा खोप उपलब्ध हुने विश्वास गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.