आजको मौसम : पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्सहित बर्षा र हिमपातको सम्भावना
२९ फाल्गुन, काठमाडौं । हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र वाग्मति प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलि रहेको छ।
दिउँसो : देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भूभागहरुमा हल्का हिमपातको संभावना रहेको छ।
राती : गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भूभागहरुमा हल्का हिमपातको संभावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्र हावाहुरि सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।