Advertisement

प्याज खेती कसरी गर्ने ? सरल र सहज उपाए!

0 965

Advertisement

२८ फागुन, काठमाडौं । प्याजलाई एउटा प्रमुख मसला बालीको रुपमा चिनिन्छ । प्रायः गरेर कृषकहरूले बैशाख महिनामा प्याजखन्ने भएकाले त्यतिबेला बजारमा प्याज प्रशस्त मात्रामा पाइन्छ । त्यसैले बजारमा प्याजको मूल्य घट्न जान्छ र कृषहरूले उचित मूल्य पाउदैनन । तर त्यस समय भन्दा अघि र पछि बजारमा प्याजको मूल्य प्राय उच्च हुने गर्दछ ।

बजारको माग पूरा गर्नका लागि बाहिरबाट प्याज आयत् हुने गर्दछ । त्यसैले कृषकहरूले प्याज खेतीबाट बढी फाइदा लिनका लागि वेमौसमी प्याज लगाउनुनै एउटा उत्तम उपाय हो । प्याज खेतीको लागि २० देखि ४० डिग्री सेन्टीग्रेडसम्मको तापक्रममा उपयुक्त मानिन्छ ।

दिनमा ३० डिग्रीसेन्टीग्रेड र रातमा २० डिग्री देदि सेन्टी ग्रेड औषत तापक्रममा प्याजको बिरुवाको वृद्धि तथा विकास राम्रो हुन्छ । बाली पाक्ने समयमा उज्यालो घाम र कम तापक्रम भएको दानाम कार्वो हाइड्रेडको मात्र विकास हुन सहयोग पु¥याउँदछ ।

हावापानी र माटो :
बीउ उत्पादनको लागि २०–२५ डिग्री सेन्टिग्रेड तापक्रमको आवश्यकता पर्दछ । भने बिरुवा उत्पादनको लागि १३-२१ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यकता पदृछ । प्याजको गानो को राम्रो विकासको लागि बढी तापक्रम र लामो दिनको आवश्यकता पर्दछ । तर बिरुवाको राम्रो वृद्धि विकासको लागि भने छोाटो दिनको आवश्यकता पदृछ । प्याजको राम्रो वृद्धि विकास र अन्त्यमा बढी आम्दाी लिनको लागि बलौटे दोमट र हलुका किसिमको माटो उत्तम मानिन्छ ।

बीउ र बेर्ना रोप्ने :
एक रोपनी जग्गामा प्याजको खेती गर्नको लागि ४००–५०० ग्राम बीउको आवश्यकता पर्दछ भने प्रति कठ्ठा २६७–३३४ ग्रमा बीउको आवश्यकता पर्दछ । बेर्ना चाहीँ प्रति रोपनी ३३ हजार र प्रति कठ्ठा २२ हजार जति चाहिन् छ। सारिएको प्याजको बेर्नाबाट वास्पिकरण रोग्कनका लागि बेर्ना सार्नु भन्दा अगाडि पातको माथिल्लो १/३ भाग काटेर रोप्नु राम्रो मानिन्छ ।

गोडमेल, सिँचाई तथा पानीको निकास :
प्याजलाई झारपातले धेरै दुःख दिने भएकाले ५–६ फटक सम्म झारपात हटाई गोडमेल गर्नु पर्दछ । प्याजलाई प्रशस्त चिस्यान चाहिने हुनाले माटोको चिस्यानको अवस्था हेरी ६–७ पटकसम्म सिँचाई दिनु पर्दछ र प्याज लगाएको बारीमा पानीको निकासको प्रबन्ध गर्नु पर्दछ ।

प्याजको बोट मर्काउने :
चाँडै गानो तयार पार्न पात पहेलिन थालेपछि हात खुट्टाले वा ड्रमको सहयताले प्याज उखेल्नु भन्दा २०–२५ दिन अघि फेद भाँची बोटलाई मर्काउनु पर्दछ । पहेलिएको प्याज भने आफै हल्का ढल्दछ ।

प्याज खन्ने :
प्याजका ५० प्रतिशत पातहरू हल्का पहेँलो रंगमा परिवर्तन भएपश्चात मात्र प्याज खन्न तयार भएको मान्नु पर्दछ । प्याज खन्नु भन्दा ३ हप्ता अगाडि सिँचाई दिनु बन्द गर्नु पर्दछ । प्याजलाई खनी सके पनि छहारीमा जुटको बोराले पातहरू हल्का पहेँलो रङ्गमा परिणत नहुञ्जेल राख्नु पर्दछ । त्यसपछि प्याजको गानो भन्दा आधा ईन्च माथिको पातहरू काटेर हटाई छहारीमा पातहरू सुकेर छ्याई छ्याई बज्ने नहुञ्जेल सम्म राख्नु पर्दछ ।

प्याज सुकाउने :
प्याज खन्ने बित्तिकै केही दिनसम्म हावादार, छायाँदार तथा सुख्खा स्थानमा सुकाइन्छ । जसलाई क्युरिङ्ग भनिन्छ । क्युरिङ्ग गर्नाले प्याजमा यसको अत्याधिक चिस्यान घट्न गई घाटी खदिलो, सानो तथा बाहिरको बोक्रा सुख्खा तथा पातलो भई प्याजको क्युरिङ्ग पूरा हुन्छ । क्युरिङ्ग गरेको प्याजलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ ।

जातहरु :

प्याजका नसिक ५३, रेड क्रियोल, सुपरेकस, टी.आई. १७२, कास, भेनस र विन्टर सिल्भर गरि ७ वटा जातहरू छन्।

खेती गर्ने तरिका :

प्याजको खेती तीन प्रकारबाट गर्न सकिन्छ:

१. बीउ छरेर
२. उमारेको बेर्नालाई सारेर
३. प्याजको साना दानाका सेट तयार गरेर

यो लेखमा हामी बेर्ना सारेर गरिने खेतिका बारेमा सिक्छौँ।

जग्गाको तयारी :

प्याज खेतीको लागि डयाङ्ग बनाउन १ मिटर चौडाइ र आवश्यकता अनुसारको (साधरणतया ३ मिटर) लम्बाई भएको जमिन हुनुपर्छ।

दुई डयाङ्गको बिचमा करिब ८ इन्च जतिको खाली ठाउँ राख्नुपर्छ।

मलखाद :

प्राङ्गारिक तथा रासायनिक मलखादहरु (युरिया तथा हर्मोनहरु बाहेक) जमिन तयार गर्ने समयमा प्रति रोपनीका दरले तलको सूचिमा दिए अनुसार प्रयोग गर्नुपर्छ:

बीउ दर :

प्रति रोपनी ५००–६०० ग्राम बीउ रोप्नुपर्छ।

विषादी हाल्ने :

बिरुवा सारेपछि ३० देखि ४० दिनभित्र मल्टिप्लेक्स वा जीङ्गोप्लेक्स वा एग्रोमिन २ एम. एल. प्रतिलिटर पानीमा मिसाएर १५-१५ दिनको फरकमा ४ पटक छर्नुपर्छ। बिरुवालाई रोग तथा किराबाट बचाउन र राम्ररी हुर्काउन वेभिस्टिन २ ग्राम र रोगर १ एम. एल. प्रतिलिटर पानीको दरले बेर्ना र माटो दुवै राम्ररी भिज्ने गरी छर्नुपर्छ।

टप ड्रेसिंग :

बेर्ना रोपेको २० देखि २५ दिनमा ५ किलो युरिया र ४० देखि ४५ दिनभित्र अर्को ५ किलो युरिया लाइनमा छरेर टप ड्रेसिंग गर्नुपर्छ। टप ड्रेसिंग गर्दा दुई हारको बिचमा ५ से. मि. गहिरो कुलेसो बनाइ त्यहाँ युरिया राखेर माटोले पुरेर सिँचाई गर्नुपर्छ। त्यस्तै १ भाग जिवातु (प्राकृतिक जीवाणुहरुको समूहबाट) झोल मलमा ३ भाग पानी मिसाएर हरेक हप्ता दुई पटक ३–४ महिनासम्म बोट तथा जरा भिज्ने गरी छर्दा धेरै राम्रो हुन्छ।

गोडमेल :

साधरणतया ३ देखि ५ पटक झारपात उखेल्नुपर्छ।

सिँचाई :

प्याज रोपेको आधा जीवन चक्रसम्म प्रशस्त चिस्यानको आवश्यकता पर्छ। त्यसपछि पानीको मात्रा कम गर्दै लानु पर्छ र अन्त्यमा (थन्क्याउने बेला) सुख्खा राख्नुपर्छ। प्याजलाई सुरुको २,३ महिना प्रशस्त मात्रामा चिस्यानको आवश्यकता पर्छ जसका लागि सिचाईको राम्रो व्यवस्था मिलाउनुपर्दछ।

रोगहरु :

बैजनी धब्बा, कालो पोके, डाउनि मिल्डू, डढुवा एन्थ्रक्नोज बैजनी जरा फेद कुहिने आदि प्याजमा लाग्ने रोगहरू हुन्

प्याजका रोगहरूलाई नियन्त्रण गर्नका लागि निम्न कामहरू गर्नुपर्छ:

(विभिन्न अनलाईनमा प्रकाशित लेख र डा. केदार बुढाथोकीको सहयोगमा ।)



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.