Advertisement

४८ जना नयाँ सङ्क्रमित थपिए, ६१ जना निको

0 378

Advertisement

२८ फागुन, काठमाडौं । नेपालमा कोरोना भाइरसका ४८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ४८ जनामा सङ्क्रमणको पुष्टि भएको / ६१ जना सङ्क्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै यो सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको बताएकाे हाे । पछिल्लो चौबीस घण्टामा ६१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार १७७ जना सङ्क्रमित निको भएका हुन् । हालसम्म २२ लाख १० हजार ४३४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ९२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५१ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा पनि कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.