Advertisement

राजनीतिक विज्ञापनमाथिको बन्देज फुकुवा गर्दै फेसबुक

0 268

Advertisement

२८ फागुन काठमाडौं । गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावदेखि राजनीतिक विज्ञापन प्रकाशनमा लगाउँदै आएको प्रतिबन्धलाई फेसबुकले फुकुवा गर्ने भएको छ । आगामी बिहिबारदेखि आफ्नो प्लाटफर्ममा राजनीतिक विज्ञापनलाई खुल्ला गर्ने निर्णय फेसबुकले गरेको हो ।

यो निर्णयसँगै अब फेसबुकमा राजनीतिक अभियानकर्मी तथा राजनीतिक विषयका विज्ञापनकर्ताका लागि विज्ञापन प्रकाशन गर्ने मार्ग प्रसस्त हुनेछ ।

राजनीतिक विज्ञापनका सन्दर्भमा प्राप्त भएका प्रसस्तै पृष्ठपोषणका आधारमा यस्तो निर्णय गरिएको फेसबुकको भनाई छ । राजनीतिक विज्ञापनका सन्दर्भमा कम्पनीको विद्यमान नीतिमा पनि पुनरावलोकन हुनसक्ने फेसबुकको भनाई छ ।

बुधबार एक ब्लग पोष्टमा फेसबुकले भनेको छ ः यस विषयमा हामीले प्रसस्तै प्रतिक्रियाहरु सुनेका छौँ र यस चुनावी चक्रका क्रममा राजनीतिक तथा चुनावी विज्ञापनका सन्दर्भमा धेरै कुरा बुझेका छौँ । फलतः हामीले यस्ता विज्ञापनको असर कस्तो हुन्छ भन्ने बारेमा आगामी महिनाहरुमा हेर्नेछौँ र यसले भविष्यमा उक्त विषयमा थप परिवर्तनको खाँचो पनि पर्न सक्नेछ ।

स्मरण रहोस् गुगलले गत हप्ता नै राजनीतिक विज्ञापन माथिको बन्देज हटाइसकेको छ ।

अमेरिकामा दक्षिणपन्थी उग्रवादीहरुले बिहिबार अमेरिकी संसदलाई लक्षित गर्दै हिंसात्मक गतिविधिको तयारी गरिरहेको भन्ने चर्चाका बीच फेसबुकले राजनीतिक विज्ञापनलाई फुकुवा गर्ने विषयलाई निकै गम्भीर रुपमा हेरिएको छ ।

गत जनवरी ६ मा अमेरिकी संसदमा भएको हिंसामा सामाजिक संजालले समेत नकारात्मक भूमिका खेलेको बताइन्छ । सिएनएनबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.