Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

२ किलो ५ सय ग्राम यूरेनियम सहित ४ जना पक्राउ

0 236

२८ फागुन, काठमाडौं । काठमाडौं टुसाल-६ बौद्धबाट २ किलो ५ सय ग्राम युरेनियम सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले उक्त परिमाणको यूरेनियम सहित रामेछाप लिखु तामाकोशी-५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, काठमाडौं बौद्ध बस्ने रामेछाप लिखु तामाकोशी-५ घर भएकी ४० वर्षीया जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका-४ बस्ने २० वर्षीय प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी-४ बस्ने २० वर्षीय मनोज न्यौपानेलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले उक्त युरेनिएम सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको उहाँले बताउनुभयो । उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

Subscribe to our newsletter

पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक पालले उक्त कार्यालयबाट भएका त्रैमासिक प्रहरी कारवाहीका मुख्य मुख्य उपलब्धीहरू, शान्ति सुरक्षा व्यवस्थापनमा परिचालित जनशक्ति, कारवाही तथा पुरस्कार सम्बन्धि विवरण, मुद्दा दर्ता संख्या, पक्राउ परेका व्यक्तिहरू लगायतका विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.