Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पत्रकार सुशील शर्माको निधन

0 649

२८ फागुन काठमाडौं । खारिएका प्रश्न र तटस्थ राजनीतिक विश्लेषण गर्ने छवि बनाएका पत्रकार सुशील शर्माको ६३ वर्षको उमेरमा शुक्रवार निधन भएको छ।

केही समययता अस्वस्थ रहेका पत्रकार शर्माको मिर्गौलामा पछिल्लो समय समस्या देखा परेको पारिवारिक स्रोतले बताएको छ।

काठमाण्डूस्थित एक अस्पतालमा उनको शरीरका विभिन्न अङ्गले काम गर्न छाडेपछि निधन भएको बताइएको छ।

Subscribe to our newsletter

उनको श्रीमती र एक छोरा छन्।

शर्मा करिब डेढ दशक बीबीसी नेपाली सेवामा कार्यरत थिए। उनले बीबीसी नेपाली सेवाको प्रमुख सम्वाददाताको पदबाट सन् २०११ को नोभेम्बरमा राजीनामा दिएका थिए ।

त्यसअघि उनले द राइजिङ नेपाल र काठमाण्डू पोस्टमा काम गरेका थिए।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.