Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

युराेपा लिगमा आर्सनलकाे सानदार जित,म्यानचेस्टर युनाइटेड र एसी मिलानकाे बराबरी

0 950

२८ फागुन, एजेन्सी । इंग्लिस क्लब आर्सनलले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा ग्रीसको ओलेम्पियाकोसलाई उसकै मैदानमा ३–१ को जित निकालेको छ ।

ओलम्पियाकोसको मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलको जितमा मार्टिन ओडगार्ड, गाव्रियल र मोहमेद इलानेले गोल गरे । युसेफ इल अरवीले सान्त्वना गेाल फर्काए ।

खेलको ३४ औं मिनेटमा मार्टिन ओडेगार्डको गोलबाट आर्सनलले अग्रता लिएको थियो । ५८औं मिनेटमा युसेफ इल अरवीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

Subscribe to our newsletter

८० औं मिनेटमा गाब्रियलले विलियनको पासमा गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए । ८५औं मिनेटमा मोहमेद इलानेले गोल गर्दै आर्सनललाई ३–१ को सहज जित दिलाए ।

महत्वपूर्ण जितसँगै आर्सनलले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग आर्सनलको मैदानमा १८ मार्चमा हुनेछ ।

अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले १–१ गोलको बराबरी खेलेका छन् ।

म्यानचेस्टर युनाइटेडका खेलाडी गाेल गरेपछी

ओल्डट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडका आमद दियालोले गोल गर्दा मिलानका सिमोन किएरले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा दुई गोल भएको थियो ।

खेलको १२ औं मिनेटमा फ्रान्क केस्सीको गोलले भिएआरबाट मान्यता नपाउदा मिलान अग्रता लिनबाट चुकेको थियो । ५०औं मिनेटमा सब्सिच्युट आमद दियालोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । एन्थोनी मार्सियालको स्थानमा मैदान छिरेका आमदले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सिमोन किएरले गोल गर्दै मिलानलाई हारबाट जोगाए । उनले राडे क्रुनिकको पासमा गोल गरेका थिए । यो बराबरीसँगै दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । अन्तिम समयमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले मिलानसँग बराबरी खेल्न बाध्य भएकेा हो ।
दोस्रो लेग १९ मार्चमा हुनेछ ।

अन्य खेलका नतिजा
आयाक्स विरुद्ध योङ ब्वाइज (३–०), डाइनामो किएभ विरुद्ध भिल्लारियल (०–२), स्लाभिया प्रागविरुद्ध रेन्जर्स (१–१), ग्रानडाविरुद्ध मोल्दे (२–०), ओलम्पियाकोस विरुद्ध आर्सनल (१–३), रोमा विरुद्ध साख्तर डोनेस्क (३–०) र टोटनहम विरुद्ध डिनामो जाग्रिव (२–०) ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.