Advertisement

राप्तीमा ८५ प्रतिशत जेष्ठ नागरिकलाई खोप

0 479

Advertisement

तिर्थराज ज्ञवाली
२८ फागुन, मसुरीया(देउखुरी दाङ)।
राप्ती गाउँपालिकामा ८५ प्रतिशत जेष्ठ नागरिकले कोभिड १९ बाट बच्न खोप लगाउनु भएको छ ।
नेपाल सरकारले ६५ बर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिने निर्णय संगै ९ वटै वडाका १ हजार ७ सय ३९ जना जेष्ठ नागरिकले खोप लगाउनु भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।


ब्यापक सुचना प्रवाहका साथ सुविधाका लागि केहि वडाले सवारी साधन उपलब्ध गराई जेष्ठ नागरिकलाई खोप लगाईएको थियो ।
चार वटा केन्द्र सिसहनिया स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी, देविकोट स्वास्थ्य ईकाई र चन्दुली खोप केन्द बाट ६५ बर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिईएको थियो ।


६५ बर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिने क्रममा हाल घरमा केहि जेष्ठ नागरिक नरहेको कारण शत प्रतिशत खोप सेवा दिन नसकेको संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.