Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रदेश सरकारले उत्पादन र रोजगारीका लागि तीन अर्ब विनियोजन गरेको छः मन्त्री फुयाल

0 423

२८ फागुन, ललितपुर । वागमती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले प्रदेश सरकारले उत्पादन र रोजगारी सिर्जना गर्न रु तीन अर्ब बजेट विनियोजन गरेको बताउनुभएको छ ।

गोदावरी नगरपालिकाको पाँचौ स्थापना दिवसका अवसरमा आज मन्त्री फुयालले मुलुकको गरिबी र बेरोजगारीको समस्या समाधान गर्न कृषि विकास बैंकसँग आफूहरुले सम्झौता गरिसकेको बताए ।

उत्पादनको काम गर्न ऋण आवश्यक परेका व्यक्तिले बैंकमा सम्पर्क गरी निर्यातमुखी कामलाई अघि बढाउन उनले आग्रह गरे ।

Subscribe to our newsletter

ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले गोदावरीमा ‘एक घर, एक धारा’ को अभियान ल्याएपनि अझै पूर्णरुपमा पालना हुन नसकेको दुःखेसो गरे ।

यसैगरी अर्का सदस्य लालकुमारी पुनले ललितपुरका सुगम क्षेत्रमा मात्रै नभई दुर्गम क्षेत्रमा पनि समानताका हिसाबले विकासका गतिलाई अघि बढाउन जरुरी रहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा गोदावरी काठमाडौं उपत्यकाका अन्य नगरपालिकाभन्दा ठूलो रहेकाले यसलाई सरकारले विनियोजन गर्ने बजेटमा केही संशोधन गरी थपेर दिन जरुरी रहेको सुझाव दिए ।

सो कार्यक्रममा गोदावरीभित्र सबभन्दा बढी कर तिर्ने ‘युनाइटेड सिमेन्ट प्रालि’ का प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइमापन गर्न सफल नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोललगायतलाईसम्मान गरिएको थियो ।

रासस



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.