Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिता मदन फाइनलमा प्रवेस

0 368

२८ फागुन, बर्दिया। लुम्बिनी प्रदेशका मदन बस्नेत प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिताको पुरुष ४५ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

बर्दिया जिल्ला पेन्केक सिलात संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा मदनले सुदूरपश्चिमका पदम पुनलाई पराजित गरे । फाइनलमा मदनको भेट कर्णाली प्रदेशका रोमन ज्ञवालीसंग हुने छ । अर्को सेमिफाइनलमा रोमनले प्रदेश २ का प्रदीप रोकालाई हराएका थिए ।

बारबर्दिया नगरपालिकाको धमपुरमा भइरहेको प्रतियोगिताको पुरुष ४० केजीमा लुम्बिनीका जितेन्द्र बुढा र कर्णालीका सविन विकले फाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा जितेन्द्रले गणडकी प्रदेशका मोहन पाण्डे तथा सविनले आयोजकका नमराज भण्डारीलाई पाखा लगाउदै फाइनल भिडन्त पक्का गरेका हुन् ।

Subscribe to our newsletter

बारबर्दिया नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न ७ प्रदेश र आयोजक गरी ८ टिमका ८२ खेलाडी सहभागी छन् । पुरुष÷महिलाको एकल टुंगल (काता) सहित प्रतियोगितामा ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता शनिबारसम्म जारी रहने छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.