Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

२१औं वर्षमा सिम्रिक एयर

0 928

२८ फागुन, काठमाडौं । सिम्रिक एयर प्राइभेट लिमिटेड फागुन २७ बाट स्थापनाको २१औं वर्षमा प्रवेश गरेको छ। सन् २००१ बाट हेलिकप्टर उद्योगमा पाइला टेकेको सिम्रिक एयर अहिले आफ्नो क्षेत्रमा अग्रणी रूपमा रहेको कम्पनी बताउँछ।

सिम्रिक एयरसँग अहिले ५ वटा आफ्नै हेलिकप्टर छन्। बेलफो सेभन एउटा र बीथ्रीई ४ गरी कुल ५ वटा हेलिकप्टरबाट सेवा प्रदान गर्दै आएको कम्पनीका कार्यकारी निर्देशक तथा क्याप्टेन सिद्धार्थजंग गुरुङले जानकारी दिए। हाल कम्पनीमा ७ जना पाइलट गरी करिब ७८ जना कर्मचारी कार्यरत छन्।

स्थापना कालमा एमआई ७ नामक ठूलो हेलिकप्टरबाट सिम्रिकले विशेष गरी कार्गो उडान सुरु गरेको थियो। त्यो बेला दुर्गम र पीछडिएका जिल्लामा बाटो नपुगेकाले कार्गो र यात्रुको ओसारपसारका लागि सिम्रिकले अग्रणी भूमिका खेलेको थियो। समयक्रमसँगै सिम्रिकले सन् २०११ बाट सानो आकारको हेलिकप्टर किनेर पहिलेकोलाई विस्थापित गरेको थियो। कम्पनीले पछिल्ला ५ वटा हेलिकप्टर ब्रान्ड न्यु नै किनेको थियो।

Subscribe to our newsletter

अहिले हेलिकप्टरबाट गर्न सकिने सबै खालका सेवा सिम्रिक एयरले दिँदै आएको छ। अहिले टेक्निकल उद्धार (फसेका र अड्किएकाको उद्धार), स्विङ गरेर सामान ओसार्ने, फायर फाइटिङ, सर्भे, स्काई डाइभिङ, हेली स्की, माउन्टेन फ्लाइटलगायत सेवा दिँदै आएको छ। स्विङ गरेर सामान ओसार्दै १ टनसम्म सामान बोकेर विकट गाउँ वा आयोजना स्थलमा पुर्‍याउन सक्ने क्षमता सिम्रिक एयरको छ।

सेवा र सुविधामा नयाँपन दिन माहिर सिम्रिक एयर हेली उद्योगमा त्यसै अग्रणी बनेको छैन भन्दै कार्यकारी निर्देशक गुरुङ भन्छन्, ‘कोभिडको समयमा कोभिड बिरामीको ओसारपसार गर्‍यौं। अब हस्पिटल ट्रान्सफरका रूपमा फुल एयर एम्बुलेन्स र रातिमा पनि उड्न सक्ने गरी क्षमता बढाउँदै लग्ने कम्पनीको योजना छ।’ साथै कम्पनीले सुक्खायाममा भीरपाखामा लाग्ने डढेलो निभाउन पनि स्थानीय सरकारसँग मिलेर काम गर्ने योजना बनाएको उनको भनाइ छ।

सिम्रिक हेली विशेषतः हाई अल्टिच्युडमा उडान भर्न प्रख्यात नाम हो भने साहसिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले विशेष भूमिका खेल्दै आएको छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.